Spread the love

काठमाडौँ,माघ २४ । नेपाली चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले परिचित वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । शनिबार बिहान स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएका थापाको उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
नेपाली चलचित्रमा सफल खलनायकको छवि बनाएका थापा अधिकांश फिल्महरूमा खलपात्रका भूमिकामा देखिँदै आएका थिए। उनी नेपाली मात्र नभई भारतीय चलचित्र उद्योगमा समेत सक्रिय कलाकारका रूपमा परिचित थिए ।
नेपाली चलचित्र चिनो मा ‘राते काँइला’ पात्रको सशक्त अभिनयबाट खलनायकका रूपमा चर्चा कमाएका थापा पछिल्लो पटक बलिउड चलचित्र मेरी कोम मा बक्सिङ प्रशिक्षकको भूमिकामा देखिएका थिए। साथै उनले बलिउड तथा भोजपुरी फिल्महरूमा पनि अभिनय गरेका थिए ।
थापाको जन्म वि.सं. २०१४ जेठ ६ गते भएको हो । थापाको निधनले नेपाली चलचित्र क्षेत्रले एक होनहार र अनुभवी कलाकार गुमाएको छ । उनको निधनप्रति नेपाली चलचित्रकर्मी तथा कलाकारहरूले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्