Spread the love

बुटवल, २४ माघ ।

रुपन्देही निर्वाचन क्षेत्र नं २ मा उज्यालो नेपाल पार्टीको उम्मेदबार सुरज पाण्डे धेरैलाई नया लाग्छ । पेशाले इन्जिनियर पाण्डे एक उद्योगी तथा व्यवसायी हुन् । बुटवलमै जन्मिएका उनि यहाका हरेक बजारका गल्लीसंग परिचित छन । उनले विद्यालय शिक्षा बुटवलको न्यू होराईजन ईगलिस बोर्डिङ्ग स्कुलबाट पुरा गरे । उनी २०५७ सालमा एसएलसी पास गरेसंगै बुटवलबाट केही समय टाढा भए । काठमाण्डौ सिद्धार्थ बनस्थिलीमा प्लस टु पास गरेका उनि ब्याचलर भने केयुमा ईन्जिनियरिङ्गमा गरे । अध्ययनसंगै अनुसन्धानमा पनि अग्रसर उनि दुई वर्ष केयुमा नै अध्यापनमा लागे । यही क्रममा नै उनले इटालीबाट छात्रवृत्तिमार्फत स्नातकोत्तर अध्ययनको अवसर पाए । विदेशबाट फर्किएका उनि साथीहरुसंग मिलेर २७ वर्षको उमेरमै तिलोत्तमा–टिकुलीगढमा उद्योग स्थापना गरे । उनले जलविद्युत् उत्पादन, आपूर्ति तथा वितरण क्षेत्रमा समेत काम गरेका छन् । ‘लोडसेडिङ्ग मुक्त नेपाल’ घोषणाको समयमा सबैभन्दा धेरै जलविद्युतमा योगदान दिएको उनको दाबी छ ।

आफ्नो पेशामा सफल र सन्तुष्ट थिए । जीवन सहज थियो, भविष्य सुनिश्चित थियो । विद्युत् सुधार र उज्यालो नेपालको अभियानले चर्चा कमाएका कुलमान घिसिङसँगको भेट सुरज पाण्डेको भेटघाट र संगत केवल सामान्य भेट मात्र रहेन । त्यो भेट प्रेरणाको स्रोत बन्यो । कुलमानले जिम्मेवारी, इमानदारी र दृढ इच्छाशक्तिले देशमा ल्याएको बदलावको बारेमा उनले सुनेको र अनुभव गरेको थिए । अझ प्रत्यक्ष भेटेरै धेरै कुराहरु बुझे । “परिवर्तन टाढाबाट आलोचना गरेर होइन, भित्रैबाट प्रयास गरेर सम्भव हुन्छ,” भन्ने घिसिङको सन्देशले सुरजको मन छोयो । त्यसपछि उनले मन बदलियो । विदेशीको डिग्री र पेशागत अनुभव केवल व्यक्तिगत सफलतामा सीमित राख्ने कि समाज र आफ्नै जन्मथलोका लागि प्रयोग गर्ने? उनमा गम्भिर सोचे आयो । यही प्रश्नको उत्तर खोज्दै उनी “उज्यालो” अभियानसँग नजिकिए । विकास, सुशासन र पारदर्शिताको नारासहित अघि बढेको उज्यालो पार्टीको सोचसँग उनी सहमत भए । राजनीति उनको रहर थिएन, तर जिम्मेवारी बन्न पुग्यो । उज्यालो रुपन्देहीको सपना बोकेर सुरज पाण्डे उज्यालो पार्टीमा आवद्ध भए । उनले बुटवल र रुपन्देहीका युवाहरू, व्यवसायी र सर्वसाधारणसँग संवाद शुरु गरेका छन । नयाँ सोच, प्राविधिक दृष्टिकोण र स्वच्छ नेतृत्वको प्रतिबद्धता उनि सुनाउदै टोलटोलमा पुगेका छन ।
उनको व्यक्तिगत महत्वाकांक्षा भन्दा पनि एउटा अभियानको निरन्तरताका रुपमा उम्मेदबारी हो । रुपन्देहीलाई उज्यालो, समृद्ध र व्यवस्थित बनाउने अभियान ।
सुरज पाण्डे केवल एक इन्जिनियर मात्र नभई परिवर्तनको आकांक्षा बोकेका उम्मेदवार हुन् । उनि रुपन्देही २ मा आठ संकल्पलाई अघि बढाएका छन । अझ त्यसमा पनि भौतिक विकासका योजना मुख्य छन । ग्रिन कोरिडोर, उच्च क्षमताको विद्याुत ब्यापार, सिद्धबाबा सुरुङ्ग मार्ग, स्पिनिङ्ग मिल, कालिकागण्डकी बहुउदेश्यीय योजना, बुटवल पोखरा फास्ट ट्याक सडक, बुटवल गोरुसिगे चारलेन सडक, औद्योगिक हब र वैज्ञानिक वन तथा खनिज ब्यवस्थापनलाई मुख्य बुदाका रुपमा अघि सारेका छन ।
आफ्ना उद्योग व्यवसायमा एक सय भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष र कैयौँलाई अप्रत्यक्ष रोजगारी उपलब्ध गराउन सफल भएका उनी निर्माण कम्पनी कन्स्ट्रक्सन इम्पेक्सका अध्यक्ष समेत हुन् ।

प्रतिनिधि सभा निर्वाचनमा ऊर्जा क्षेत्रमा अनुभवी आठ जना उम्मेदबार छन । उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल, नेपाल विद्युत् प्राधिकरणका पूर्व–कार्यकारी निर्देशकसमेत रहेका ऊर्जाविज्ञ डा. मुकेशराज काफ्ले, ऊर्जाविज्ञ कुशल गुरुङ, ऊर्जा विज्ञ तथा व्यवसायी श्रीराम न्यौपाने, नेपाल विद्युत् प्राधिकरणका पूर्व–प्रबन्धक दीपक चौधरी, ऊर्जा व्यवसायी भरतप्रसाद पराजुली र इन्जिनियर तथा ऊर्जा व्यवसायी सुरज पाण्डे चुनावी मैदानमा छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्