Spread the love

बुटवल ।
राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको सवालमा सबै राजनीतिक दलहरु एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन । ‘वैचारिक रूपमा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको पक्षमा सबै राजनीतिक शक्ति एक ठाउँमा हुनुपर्छ ।’–उनले भने । लोकतन्त्र र गणतन्त्र स्थापना गर्न पुराना राजनीतिक शक्तिको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले पछिल्ला दिनमा केही नयाँ राजनीतिक दलहरूले जनतामा भ्रम फैलाउने प्रयास गरिरहेको आरोप लगाए ।

केसी निवासमा नै बुधबार पत्रकारसंग उनले यो कुरा बताएका हुन । लोकतन्त्र र गणतन्त्र ल्याउदा कुनै योगदान र इतिहास नभएका शक्तिहरूले जनतामा भ्रम सिर्जना गरिरहेको उनले आरोप लगाए । ‘यसलाई चिर्दै अघि बढ्नुपर्छ ।’–उनले थपे । राजनीतिक दलका कमजोरीको मूल्यांकन गर्ने अधिकार जनताकै हातमा रहेको स्पष्ट पार्दै विदेशी शक्तिको गतिविधिप्रति सबै चनाखो हुनुपर्ने आवश्यकता उनले औँल्याए । विदेशी शक्तिले जुन प्रकारको खेल खेलिरहेका छन्, त्यसबाट हामीले सिक्नुपर्छ र सचेत हुनुपर्ने उनको सुझाव छ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तिलोत्तमास्थित केसी निवासमा पुगेका थिए ।

उपाध्यक्ष पौडेलसँगको भेटलाई सामान्य राजनीतिक शिष्टाचारका रूपमा लिँदै अध्यक्ष केसीले निर्वाचन नजिकिँदै जाँदा दलहरूबीच परामर्श र संवाद हुनु स्वाभाविक प्रक्रिया भएको बताए । ‘चुनावको समयमा पार्टीहरूबीच सरसल्लाह र संवाद भइरहन्छ ।’– उनले भने ।  केसीकी धर्मपत्नी ७९ वर्षीया पार्वती केसी विगत केही महिनादेखि अल्जाइमर, मधुमेहलगायत रोगबाट पीडित रहँदै आएकी छन् । केही समयअघि घरको सिँढीबाट लड्दा उनको स्वास्थ्य अवस्था थप जटिल बनेको परिवारले जनाएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्