बुटवल, २१ माघ ।
जनता समाजवादी पार्टी, नेपाल निर्वाचन क्षेत्र नं २ को चुनाव प्रचारप्रसार तथा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । देविनगरमा एक कार्यक्रमका बिच जसपा नेपालका केन्द्रिय सदस्य सावित्रा बिकले कार्यालयको उद्घाटन गर्दै वर्तमान राजनीतिक अन्यौलता चिर्न आफुहरुलाई जिताउन आग्रह गरिन ।
रुपन्देही क्षेत्र नं २ का उम्मेदबार दीपक गुरुङले समाज र देश बनाउने अभियानमा आफुहरु लाग्ने बताए । जेन्जीहरुको योगदानका कारण आएको राजनितिक परिवर्तनलाई अब साकार गर्ने सहि समय आएको उनले बताए ।
कार्यक्रममा थारुहट उपाध्यक्ष ब्यासमुनि थारुले बाहिर चर्चा गरेजस्तो यो मधेसीको पार्टी नभई सबै जाती र समग्र नेपालीको साझा पार्टी भएको दाबी गरे । राष्ट्रिय पार्टी भएपनि केहि बिरोधीहरुले मधेसीको नाममा प्रचार गरेको दुखेसो गरे । निति र सिद्घान्तबाट डराएका अन्य पार्टीहरुले आरोप लगाउने काम गरेको उनको दाबी छ । सबै जातजातिलाई समेटेर पार्टी खडा गरिएको उनले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार अवतार यादव, जिल्ला अध्यक्ष सियाराम यादवले काम र योगदानको आधारमा उम्मेदबार बनाउने काम पार्टीबाट भएको दाबी गरे । देशभर ९३ सिटमा उम्मेदबारी दिएको भन्दै घोषणापत्र अध्ययन गरेर मत दिनसमेत उनले आग्रह गरे ।






















