बुटवल, २१ माघ ।
नेवारी संस्कार, संस्कृति जगेर्ना गर्ने उदेश्यका साथ बुटवलमा नेवारी कन्याहरुको सामुहिक ईही शुरु भएको छ। श्री नेवाः सेवा समितिको आयोजनामा भुपुसैनिक सभा हलमा दुई दिन ईहि (बेलिववाह) तथा कैटापुजा शुभारम्भ भएको हो ।
नेवारी पंडितबाट विधिपूर्वक र सामुहिक रुपमा गरिदा एकातर्फ खर्च कम हुने र विधि चल्नाउन सकिने हुदा पनि महत्व बढेको अध्यक्ष डिल्लि कुमार श्रेष्ठले बताए ।
देविनगरस्थित भुपुसैनिक सभाहलबाट शुभारम्भ भएको कन्या र अभिभावकसहितको झाकी देविनगर समितिको सचिवालय पुगेर पुनः भुपुसैनिक सभा हलमा समापन भएको संयोजक अन्जु श्रेष्ठले बताईन । ईहीमा मुल कन्याका कजि कन्या युनिसा श्रेष्ठ, अभिभावक युवराज श्रेष्ठ, सिमा श्रेष्ठसहित सहभागीहरु विधिवत पुजा गरेका थिए ।
नेवारी पंडित हरिशरणराज्योपाध्याय र उनको श्रीमति पद्मा राजोपाध्यायद्धारा विधिवत पुजापाठ गरि कन्याहरुको पहिलो दिनको कार्यक्रम गरिएको समितिका सचिव लक्ष्मण श्रेष्ठले बताए ।
कार्यक्रममा पूर्वअध्यक्ष चिरञ्जीवी श्रेष्ठले नेवारी संस्कृतिमा इहीको महत्वबारे प्रकाश पार्दै घरमा कन्याहरुलाई कर्म सिकाउने रुपमा यो कार्य गरिदै आएको बताए । यो वर्ष ६२ जना कन्या र ११ जना बाबुहरु सहभागी रहेको संयोजक देवकुमार श्रेष्ठले बताए। रुपन्देहीसहित नेपालगंज, स्याङ्जा, गुल्मी,अर्घाखाची लगायत धेरै जिल्लाबाट सहभागी भएका छन ।






















