Spread the love

बुटवल, २१ माघ ।
श्री राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय हात्तीखोर ब्यारेक नवलपरासीमा मङ्गलबार वार्षिक सामूहिक क्याम्पको दीक्षान्त कवाज सम्पन्न भएको छ । दीक्षान्त कवजमा नवीन औद्योगिक कदरबहादुर रिता माविकी विद्यार्थी अविच्छा श्रेष्ठ र कुमुदुनी इङ्लिस बोर्डिङ स्कुलका सुशान्त गुरुङ सर्वोकृष्ट बन्दै पुरस्कृत भएका छन । यसैगरि देवदहको ग्रीन प्लान्ट अङ्ग्रेजी आवासीय मावि बेस्ट प्लाटुनबाट पुरस्कृत भएको छ । छात्रातर्फ २६८ जनाबाट नवीनकी विद्यार्थी अविच्छा श्रेष्ठ तथा छात्रतर्फ २६२ जनामा कुमुदुनी इङ्लिस बोर्डिङ स्कुलका सुशान्त गुरुङ सर्वोकृष्ट हुन सफल भएका हुन ।

एक कार्यक्रमका बिच राष्ट्रिय सेवा दलका प्रमुख संरक्षक प्रधानमन्त्री सुशीला कार्कीबाट विजेताहलाई पुरस्कृत तथा सम्मान गरिएको छ । दीक्षान्त कबाजमा राष्ट्रिय सेवा दलमा सहभागी १८ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूका विद्यार्थीहरूले कवाज, एरोबिक्स डान्स, मार्सल आर्ट तथा खुकुरी नृत्य प्रस्तुत गरेका थिए । दीक्षान्त कवाज कार्यक्रममा नविन औद्योगिक कदरबहादुर रिता माविका सिनियर डिभिजनका क्याडेटहरू छात्र भलिबलतर्फ प्रवेश खड्काको समूह विजेता बनेको छ । यसैगरि स्यान्ड मोडल ब्रिफिङमा नितु गौड तृतीय, प्लाटुन कमाण्डरमा अस्मी परियार छनोट भएकी छन् भने अमृत राकस पाइलट छनोट भएका छन् । सोमबार साँझ सम्पन्न सांस्कृतिक कार्यक्रममा भिएस सेकेन्डरी स्कुल काठमाडौँ प्रथम, लर्ड बुद्ध एकेडेमी बसुपु द्वितीय र न्यू लाइट सेकेन्डरी स्कुल बसुप तृतीय भएका छन ।

दीक्षान्त कबाज समारोहमा प्रधान सेनापति अशोकराज सिग्देल, मध्यपश्चिम पृतनापति उपरथी हिक्मतबहादुर बिष्ट, राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक पूर्व उपरथी यामप्रसाद ढकाल, मध्यपश्चिम पृर्तनाका सहायक पृतनापति सहायक रथी शक्तिजंग बस्नेत, २२ नम्बर बाहिनीपति सहायकरथी बिमलराज शर्मा, मध्य तालिम शिक्षालयका शिक्षा अधिकृत प्रमुख सेनानी दिनेश प्रसाद चौलागाईं, श्री नम्बर २ वन तथा पर्यावरण सुरक्षा गण हात्तीखोरका गणपति प्रमुख सेनानी नारायणबहादुर बस्नेत, तारादल गण बुटवलका गणपति प्रमुख सेनानी कल्याण पाण्डे लगायत अधिकृत तथा पदीक तथा नवीन औद्योगिक कदरबहादुर रिता माविको तर्फबाट बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तथा विद्यालयका संरक्षक रामचन्द्र क्षेत्री, विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत, समन्वय शिक्षक दीपक कुमार क्षेत्रीहरु उपस्थिती रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्