Spread the love

पाल्पा, १५ माघ ।
रामपुरको समग्र विकास र समृद्धिका लागि पर्यटनलाई मूल आधार बनाउनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले दाबी गरेका छन । तालपोखरा संरक्षण समितिको आयोजना तथा नेपाल उद्यान महासंघको समन्वयमा रामपुरमा विहिबार भएको पर्यटन प्रवद्र्धनसम्बन्धी विचार गोष्ठीमा सहभागीहरूले एकिकृत पर्यटन विकासबाट आर्थिक समृद्धि हुने बताएका हुन । उद्यान, कृषि, प्रकृति र संस्कृति समेटिएको एकीकृत पर्यटन नीति, योजना र गुरुयोजनाबाट रामपुरको आर्थिक समृद्धिमा टेवा मिल्ने उनिहरुको सुझाव छ ।

गोष्ठीमा नेपाल उद्यान महासंघका केन्द्रीय उपाध्यक्ष दलबहादुर गुरुङ, मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका महासचिव युवराज घिमिरे र प्रमुख कार्यकारी अधिकृत अनन्तराज सिलवालले “रामपुरको समृद्धिका लागि पर्यटन र यसका आधार” विषयमा आधारपत्र प्रस्तुत गरेका थिए । एकीकृत पर्यटन नीति, योजना र कार्यक्रमका साथै गुरुयोजनामा जोड दिर्दै रामपुरलाई रेष्टप्लेसका रुपमा विकास गर्न पर्यटनसँग सरोकार राख्ने संघसंस्थाहरुको सञ्जाल गठन गर्नुपर्नेमा जोड दिईएको छ ।

कार्यक्रमका रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले साधन–स्रोत सम्पन्न रामपुरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयास अघि बढिरहेको बताए । पर्यटनलाई मूल आधार बनाउन सके रामपुर क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्ने उनको भनाइ छ ।

गोष्ठीमा नेपाल उद्यान महासंघका केन्द्रीय सदस्य सागर देवकोटाले पर्यटन विकासको मुख्य आधार उद्यान भएकाले ‘एक वडा, एक उद्यान’ कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताए । रामपुरमा पर्याप्त पर्यटकीय सम्भावना हुँदाहुँदै अपेक्षित विकास हुन नसकेको गुनासो पनि उनले व्यक्त गरे ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष दिवाकर देवकोटा, फणिश्वर ढकाल, पुरुषोत्तम ढकाल, हुमनाथ न्यौपाने, हरिनाथ ढुंगानाले रामपुरलाई पर्यटनको हबका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । गोष्ठीबाट उठेका विषयलाई कार्यान्वयनमा रामपुर नगरपालिकाको अभिभावकीय भूमिका अपरिहार्य रहेको उनिहरुको सुझाव दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्