Spread the love

बुटवल,१५ माघ । पेरी आर्वन सामुदायिक समन्वय समिति सञ्जाल, बुटवल उपमहानगरपालिका अन्तर्गत रहेको दिदीबहिनी सामुदायिक संस्थाको नवौँ साधारणसभा तथा छैटौँ अधिवेशन बिहीबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले शारदा श्रेष्ठको अध्यक्षतामा पाँच सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

नवगठित कार्यसमितिको सचिवमा सृजना घर्ती, कोषाध्यक्षमा दिलु राना तथा सदस्यहरूमा ईश्वरी विश्वकर्मा र श्रृष्टी पुन चयन भएका छन् । कार्यक्रममा पेरी आर्वन सामुदायिक समन्वय समितिका अध्यक्ष लक्ष्मी पन्थ, सचिव चम्पा गहतराज, सिरान गाउँ मजुवा–१ नं टोल विकास संस्थाका अध्यक्ष प्रकाशकुमार श्रेष्ठ, सचिव रविन श्रेष्ठ तथा श्रमिक महिला आमा समूहकी अध्यक्ष यमकुमारी आले लगायतले बोल्दै महिला सशक्तीकरण, सामुदायिक विकास र संस्थागत सुदृढीकरणमा यस्ता संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए ।  दिदीबहिनी सामुदायिक संस्थाले आगामी दिनमा सामाजिक एकता, महिला नेतृत्व विकास तथा स्थानीय तहसँग सहकार्य गर्दै प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्