बुटवल, १५ माघ । सहकारीलाई आधुनिक, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित उत्तम महिला कृषि सहकारी संस्था लिमिटेडमा तीन दिने टिम व्यवस्थापन तालिम सम्पन्न भएको छ । सियारी गाउँपालिकास्थित सहकारीका पदाधिकारी र कार्यसमितिलाई नेतृत्व, योजना, लेखा व्यवस्थापन र सामाजिक संजालको प्रयोगका बारेमा तालिम दिईएको हो ।
तालिममा सहभागीहरूले सहकारी सञ्चालनमा प्रविधिको प्रयोग, दीर्घकालीन सोच र व्यवहार परिवर्तन अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन् । कार्यक्रममा सियारी गाउँपालिकाकी पूर्व उपाध्यक्ष अमृता गुरुङले अब अवसर खोजेर होइन, अवसरलाई अंगालेर अघि बढ्ने समय आएको बताइन् । प्रविधिलाई आत्मसात गर्दै उत्कृष्ट सहकारी बन्ने योजना अघि बढाउन उनले सुझाव दिईन ।
सहकारीकी अध्यक्ष सदिक्षा खरेलले बजारिकरण र आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै संस्थालाई नयाँ उचाइमा पु¥याउने लक्ष्यसहित तालिम आयोजना गरिएको बताईन । शिक्षा शाखा प्रमुख बिन्दु अधिकारीले संस्थाले वार्षिक योजनाअनुसार दक्षता अभिवृद्धिका कार्यक्रमलाई जोड दिएको बताईन ।
प्रशिक्षक जीत बहादुर सिलवालले तालिममा सिकेका सिकाईलाई ब्यवहारिक रुपमा उर्तान सुझाव दिए ।
कार्यक्रममा उपाध्यक्ष सावित्री उपाध्याय, निवर्तमान अध्यक्ष विष्णु क्षेत्री, सल्लाहकार देवीमाया क्षेत्रीले तालिमको प्रभावकारीता थियो । विश्व प्रकाश प्रतिष्ठानको सहकार्यमा सञ्चालन गरिएको तालिममा सहकारीका उद्देश्य, महत्व, लेखा व्यवस्थापन, टिमवर्क, सामाजिक संजालको प्रयोग, प्रविधि र संचारका विषयमा प्रशिक्षण दिइएको थियो ।






















