Spread the love

बुटवल,१४ माघ । श्री नेवाः सेवा समिति बुटवलले सामूहिक ईही (बेल विवाह) तथा बालकहरूका लागि सामूहिक कय्ता पूजा (ब्रतबन्ध तथा उपनयन संस्कार) कार्यक्रम आयोजना गर्ने भएको छ । बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलन मार्फत समितिले उक्त कार्यक्रम यही माघ २० र २१ गते बुटवल–११ स्थित भूपू सैनिक भवनको प्राङ्गणमा आयोजना हुने जानकारी दिएको हो ।

समितिका अध्यक्ष डिल्ली कुमार श्रेष्ठका अनुसार बुटवलसहित पश्चिम नेपालका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायका बालबालिकाको कार्यक्रममा सहभागिता रहनेछ । निवर्तमान अध्यक्ष चिरञ्जीवी श्रेष्ठले हालसम्म ईही पूजाका लागि ६२ जना कन्या तथा कय्ता पूजाका लागि १४ जना बालकले नाम दर्ता गराएको बताए ।
नेवार समुदायमा अनिवार्य मानिने यी संस्कारहरू बुटवलमा यसअघि १५ पटक सम्पन्न गरिसकेको र यस पटक १६ औँ संस्करणका रूपमा आयोजना गर्न लागेको समितिले जनाएको छ । कार्यक्रम संयोजक अञ्जु श्रेष्ठका अनुसार पहिलो दिन बिहान सहभागी कन्याहरू भेला भएपछि नेवाः सेवा समितिको अवलोकन सहित सांस्कृतिक र्याली आयोजना गरिनेछ । पूजासम्बन्धी मुख्य विधि तथा संस्कारहरू भने दोस्रो दिन माघ २१ गते सम्पन्न गरिने संयोजक श्रेष्ठले जानकारी दिईन्

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्