Spread the love

बुटवल, १४ माघ ।
रुपन्देहीले क्रिकेट खेल र खेलाडीको उर्वरभूमिको रूपमा आफ्नो पहिचान बनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएका थुप्रै खेलाडी जन्माएको यो जिल्लामा पर्याप्त खेलकुद पूर्वाधारको भने अभाव देखिन्छ । हाल सरकारी लगानीमा रहेको सिद्धार्थनगरस्थित क्रिकेट मैदान र निजी लगानीमा तिलोत्तमाको निमार्णधिन एक्स्ट्रा टेक ओभन क्रिकेट मैदानलाई नै जिल्लाका मुख्य क्रिकेट मैदानका रूपमा प्रयोग गरिँदै आएको छ ।

यसैबिच देवदहमा विगत लामोसमयदेखी क्रिकेट खेलिदै आएको वडा नं. ७ शितलनगरस्थित एकमात्र क्रिकेट मैदानको संरक्षणको माग राख्दै खेलप्रेमीहरुले बुधबार स्थानिय पालिकाका जनप्रतिनिधिहरुलाई ध्यानाकषर्ण पत्र बुझाएका छन । कार्यक्रममा क्रिकेटसहित समग्र खेलकुद क्षेत्रको दिगो विकासका विषयमा सुझाव प्रस्तुत भएको थियो । देवदह नगरपालिका वडा नं. ७ शीतलनगरस्थित देवदह क्रिकेट मैदानको संरक्षण, व्यवस्थापन तथा आवश्यक बजेट बिनियोजन गर्दै खेलकुदमैत्री संरचना विकास गर्न सहभागीहरूले आवश्यकता औँल्याएका छन् ।

रुपन्देहीमा रहेर क्रिकेट खेलको विकासमा अग्रसर पूर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले देवदह क्रिकेट मैदानको व्यवस्थित संरक्षण र दीर्घकालीन योजना बिना यहाँको खेलकुद विकास सम्भव नहुने बताए । स्थानीय तहबाट बजेट र संरचनामा प्राथमिकता दिएमा नयाँ प्रतिभा उत्पादन गर्न सहज हुने उनले सुझाव दिए ।

कार्यक्रममा नगरप्रमुख ध्रुव प्रसाद खरेलले नगरपालिकाबाट खेलकुद क्षेत्रलाई महत्वपूर्ण आधारका रूपमा लिएको दाबी गरे । देवदह क्रिकेट मैदानको संरक्षण र पूर्वाधार विकासका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै चरणबद्ध रूपमा काम अघि बढाउने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रमबाट प्राप्त सुझावलाई समेट्दै खेलकुद पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउने उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले प्रतिवद्धता जनाईन । खेलाडी उत्पादनको उच्च सम्भावना हुँदाहुँदै पनि पूर्वाधार अभावमा क्रिकेटको दिगो विकासमा चुनौती भएको उनले स्वीकारिन ।

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्