Spread the love

बुटवल ।
गणतन्त्र र राष्ट्रियताको रक्षा गर्दै संघीयता खारेज गर्नुपर्ने मूल नारासहित राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा प्रत्यक्ष तथा समानुपातिक निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गरेको हो । कार्यक्रममा पार्टीका अध्यक्ष चित्रबहादुर केसी, कार्यकारी अध्यक्ष रेश्मिराज नेपाली, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्टले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरे ।

पत्रकार सम्मेलनमा अध्यक्ष चित्रबहादुर केसीले वर्तमान संघीय संरचनाले देशलाई आर्थिक, राजनीतिक र प्रशासनिक रूपमा कमजोर बनाएको दाबी गर्दै संघीयता खारेज गरी सुदृढ एकात्मक गणतन्त्र स्थापना गर्नुपर्ने धारणा व्यक्त गरे । संघीयताले राष्ट्रियता कमजोर बनाएको, भ्रष्टाचार बढाएको र जनताको जीवनस्तर उकास्न असफल भएको उनको आरोप छ । अहिले बनेको सरकार वैधानिक सरकार नभई अबैधानिक भएको दाबी गर्दै ईतिहासमा नै नेपालमाथि ठुलो संकट आएको उनले बताए । घोषणापत्रमा भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रमुख प्राथमिकताका रूपमा राखिएको छ ।

शक्तिशाली र स्वतन्त्र भ्रष्टाचार नियन्त्रण आयोग गठन गरी सबै तहका भ्रष्टाचारीमाथि कडा कारबाही गरिने उल्लेख गरिएको छ । साथै औद्योगिक विकास, आत्मनिर्भर अर्थतन्त्र, कृषि सुधार, स्वास्थ्य र शिक्षा पूर्ण रूपमा निःशुल्क बनाउने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको छ । पत्रकारका प्रश्नमा अध्यक्ष केसीले राजनीतिक इच्छाशक्ति र जनसमर्थन भए संघीयता खारेज सम्भव हुने स्पष्ट पारे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्