Spread the love

बुटवल, १३ माघ ।
रुपन्देहीको देवदहमा जारी यु–१७ अन्तर एकेडेमी जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा स्टार क्रिकेट एकेडेमी विजयी भएको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा मंगलबार भएको खेलमा जेआर क्रिकेट एकेडेमीलाई ७० रनले पराजित गर्दै स्टारले स्पष्ट अंक जोडेको हो ।
देवदह खेलमैदानमा भएको प्रतियोगितामा टस जितेर जेआरले बलिङ रोजेपछि स्टारले ३६.५ ओभरमा सबै बिकेट गुमाएर १३४ रन बनायो । स्टारका प्रज्वल अर्यालले ५८ बलमा ४३ रन तथा गणेश धितालले ५१ बलमा २१ रन बनाए । जेआरका कुशल बेल्बासेले शानदार ५ तथा असिम पन्थीले २ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको जेआर केवल २६.१ ओभरमा केवल ६४ रनमा समेटियो । जेआरका राज खनालले ४१ बलमा २० तथा बिमल भट्टराईले २२ बलमा १७ रन बनाए । स्टारको जितमा लेख बहादुर बिसीले शानदार ५ बिकेट लिए । खेलमा स्टारका लेख बहादुर बिसी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

बुधबार तिलोत्तमा क्रिकेट एकेडेमी र बेष्ट्रन क्रिकेट एकेडेमीका बिचमा खेल हुने छ । प्रतियोगितामा रुपन्देही र नवलपरासीसहित विभिन्न जिल्लाका गरि ६ वटा टिममा ९० जना खेलाडीहरु सहभागी भएका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्