बुटवल, १३ माघ ।
काठमाण्डौमा आयोजना हुने यु–१२ टि–टवान्टी खुला क्रिकेट प्रतियोगिता २०८२ मा सहभागी हुने रुपन्देहीको वेष्ट्रन क्रिकेट एकेडेमीका खेलाडीहरुलाई बिदाई गरिएको छ ।
एकेडेमीमा मंगलबार एक कार्यक्रमका बिच टिम कोच तथा खेलाडीहरुलाई एकेडेमीका अध्यक्ष भुवन पाण्डेयसहित अभिभावकहरुले बिदाई गरेका हुन । वेष्ट्रन टिम सम्राट पोखरेलको कप्तानीमा १३ सदस्यीय खेलाडीहरु रहेका छन ।
टिमको सदस्यमा इश्रित बिष्ट, बबिन श्रेष्ठ, प्रतिश पौडेल, संस्कार क्षेत्री, संस्कार भुसाल, समर सिंह घर्ती, अभि पाण्डे, प्रशान्त बस्याल, किस्मत जी.सी., रिदम पाण्डे, सिजन कार्की रहेका छन । टिम कोच हरजित सिहले युवा खेलाडीहरु राम्रो परफर्म गर्ने दाबी गरे । खेलाडीहरुको नियमित अभ्यास र अनुभवका कारण उत्कृष्ट प्रदर्शन गरि फाईनल पुग्ने उनी बताउछन ।
राइजिङ्ग स्टार क्रिकेट एकेडेमीको आयोजनामा माघको १५ गतेबाट काठमाण्डौको गौशालास्थित सिफल खेलमैदानमा हुने प्रतियोगिता नेपालभरका १२ टिमले प्रतिस्प्रर्धा गर्दैछन ।






















