Spread the love

बुटवल,१३ माघ । उत्तम महिला सहकारी संस्था लिमिटेड, सियारी गाउँपालिका–७ अमुवाले तीनदिने ‘सहकारी सञ्चालन तथा व्यवस्थापनका लागि टीम म्यानेजमेन्ट तालिम मंगलबार देखि सुरु गरेको छ । आफ्ना कार्यसमिति, लेखा समिति, सल्लाहकार, उपसमिति तथा कर्मचारीहरूका लागि तालिम सन्चालन गरेको हो ।

तालिममा सहकारीका सिद्धान्त, नीति र नियम, सहकारी सञ्चालन तथा व्यवस्थापनका लागि टीम बिल्डिङ, सहकारीमा उद्यमशीलता, बजार तथा बजारीकरण, सहकारीका वर्तमान समस्या, चुनौती र समाधानका उपाय लगायतका विषयमा प्रशिक्षण दिइने सस्थाले जनाएको छ । तालिममा सहकारीमा सञ्चार, सामाजिक सञ्जालको प्रयोग तथा लेखाविधि सम्बन्धी विषयवस्तुमा छलफल र अभ्यास गराइनेछ ।

तालिममा सहकारी अभियन्ता युवराज घिमिरे, दलबहादुर गुरुङ, जीतबहादुर सिलवाल तथा सञ्चारकर्मी स्वस्तिक श्रेष्ठ र निर्मल पाण्डेयले सहजीकरण गर्नेछन् । सहकारीले कृषि क्षेत्रमा आफ्ना सदस्यहरूलाई कर्जा लगानी गर्दै आएको सहकारीकी अध्यक्ष सुदीक्षा खरेलले जानकारी दिइन्।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्