काठमाडौं, १२ माघ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय यू–२० महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङलाई नियुक्त गरेको छ ।
आगामी माघ १७ गते दशरथ रंगशालामा आयोजना हुने चीन युनान युथ महिला टोलीविरुद्धको मैत्रीपूर्ण खेलका लागि रुपन्देहीका गुरुङलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
गुरुङको प्रशिक्षण टोलीमा सहायक प्रशिक्षक सन्देश कुमार श्रेष्ठ, गोलकिपिङ प्रशिक्षक सञ्जिव जोशी तथा टोली व्यवस्थापक दिपा क्षेत्री रहेका छन् ।
एक समारोहका बिच एन्फाका महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्तरण गरेका छन । मैत्रीपूर्ण खेल एन्फा, युनान विश्वविद्यालयको शारीरिक शिक्षा विद्यालय तथा नेपाल ओभरसिज चाइनिज एसोसिएसनको संयुक्त आयोजनामा हुन लागेको हो ।




















