Spread the love

 

भैरहवा, १२ माघ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भैरहवास्थित वृद्धाश्रमलाई अत्यावश्यक सामग्री सहयोग गरेको छ ।बैंकले सोमबार ओमसतिया गाउँपालिका–४, बालापुरमा रहेको श्री सत्य साई वृद्ध सेवा आश्रममा भाँडाकुँडा, १७ वटा सिरक, दाल, चामल लगायत दैनिक प्रयोगका सामग्री सहयोग गरेको हो । आश्रमको आवश्यकतालाई मध्यनजर गर्दै सामग्री उपलब्ध गराइएको बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंक भैरहवा शाखाकी व्यवसाय प्रमुख नीना सापकोटाले आश्रमसँग प्रत्यक्ष समन्वय गरी आवश्यक सामग्री सहयोग गरिएको जानकारी दिइन् । बैंकका लुम्बिनी प्रदेश प्रमुख सरोज पोखरेलले आश्रम सञ्चालनमा सानो भए पनि सहयोग पु¥याउने उद्देश्यले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेको बताए । उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए ।
यसअघि पनि बैंकले मानसेवा आश्रम, विद्यालय लगायत सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै पोखरेलले समुदायसँगको सहकार्य बैंकको प्राथमिकतामा रहेको बताए ।
भैरहवा शाखा प्रबन्धक निशेस पोखरेलले आश्रमलाई आवश्यक सामग्री उपलब्ध गराएर सामाजिक दायित्व निर्वाह गरिएको बताए । आश्रमकी अध्यक्ष माया खरेलले बैंकका प्रतिनिधिहरूले स्वयं आएर आवश्यकताबारे बुझी सहयोग गरेकोमा धन्यवाद व्यक्त गरिन् । उनले आश्रम कुनै विदेशी लगानीमा नभई स्थानीय सामाजिक तथा निजी संघसंस्थाको सहयोगमा सञ्चालन हुँदै आएको बताईन् । हाल आश्रममा नेपालका विभिन्न जिल्लाबाट आएका १७ जना वृद्धवृद्धा बसोबास गर्दै आएका छन्।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्