क्यानन माध्यमिक विद्यालयको आयोजनामा “के नेपालमा बौद्धिक पलायन बेरोजगारी भन्दा बढी संवेदनशील समस्या हो ?” विषयक दोस्रो जिल्लास्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा लुम्बिनी बोर्डिङ स्कुलकी असिरा पछाई प्रथम ,होराइजन जिविएसकी साक्षी शर्मा द्वितीय तथा ग्रिन प्लान्ट इंगलिश स्कुलकी प्रकृति न्यौपाने तृतीय र ज्ञानपुञ्ज बोर्डिङ स्कुलका प्रतीक सुनारले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगिताले विद्यार्थीहरूमा तार्किक सोच, विषयवस्तु विश्लेषण गर्ने क्षमता विकाश गर्ने विधालयका प्रचार्य शंकर भण्डारीले बताए । यस्ता कार्यक्रले बिधार्थीको शैक्षिक तथा बौद्धिक क्षमता विकाश गर्न सहयोग पुग्ने विधालायका व्यवस्थापन समितीका सदस्य थानेश्वर पौडेलले बताए ।
प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यार्थीहरूले बौद्धिक पलायन र बेरोजगारी बीचको अन्तरसम्बन्ध, त्यसले देशको सामाजिक तथा आर्थिक संरचनामा पारेको प्रभाव र भविष्यमा देखिन सक्ने चुनौतीबारे पक्ष–विपक्षमा तर्क प्रस्तुत गरेका थिए ।






















