Spread the love

बुटवल, ११ माघ ।
सियारीकी अमृता गुरुङको दैनिकी र परिचय बदलिएको छ । कुनै बेला सियारी गाउँपालिकाकी उपाध्यक्ष गुरुङ जनताका घरदैलोमा समस्या बुझन हिडथिन । अहिले भने घरमै इलम सिक्ने र सिकाउने काममा अग्रसर छिन । कुरुस र उनीको धागोको डल्लाबाट विभिन्न हस्तकलाका सामानहरु बनाउदा उनले समय बितेको पत्तै पाउदिनन । तिखा दुई कुरुसलाई दुई हातको चालसंगै नयानया सामग्रीहरु तयार गरिरहेकी हुन्छिन ।

आफनो खाली समय उपयोग गर्दै आफनो सौखलाइ आयआर्जनमा जोड्न उनि सफल भएकी छिन । उनले स्वीटर, थालीपोस, टेबलमेट, पंजु, कपाल बाध्ने डोरी, बोटल केयर, गुडिया लगायतका धेरै हस्तकलाका सामानहरु तयार गरेर गरेकी छिन । यतिमात्र होईन विद्यालयका ससाना बालबालिकाहरुलाई सिकाई सामग्रीमा उपयोगी कागजका सामाग्रीहरु समेत बनाउछिन । विद्यालयहरुमा यसको माग छ । नेपालमा फिनिसिङ दिने कटन धागोको अभावले केही समस्या भए पनि इच्छाशक्ति भए जुनसुकै कुरा सिक्न सकिने गुरुङ बताउँछिन् । रिटायर्ड जीवनमा पनि उर्जावान रहेकी उनले युट्युबमार्फत सीप सिकेको उल्लेख गरिन् र यो सीप नयाँ तथा युवा पुस्तालाई सिकाउन चाहेको बताइन् ।

उनका हस्तकलाका सामग्रीहरू फेसबुकमार्फत देखेर थाइल्याण्ड, कोरिया, अमेरिका र स्विट्जरल्यान्डबाट समेत अर्डर आउने गरेको छ । नेपालभन्दा बाहिर हस्तकलाको माग बढी रहेको भन्दै सहकारीहरूले आफ्ना शेयर सदस्यहरूलाई सीप सिकाएर उत्पादनमा जोड्न सके आयआर्जनको राम्रो सम्भावना रहेको उनको भनाइ छ । महिला अधिकारकर्मी तथा उद्यमशीलता प्रवद्र्धन–नेपालकी महासचिव हुन् । सियारी गाउँपालिकाकी संस्थापक उपाध्यक्षसमेत रहेकी गुरुङले महिला जनप्रतिनिधि तथा उद्यमी महिलाको क्षमता अभिवृद्धिमा उल्लेखनीय योगदान दिएकी छिन् ।

उनको पहलमा महिलामुखी सीपमूलक तालिम, उद्यम प्रवद्र्धन र बजेट विनियोजनका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । साथै पाल्पा, रुपन्देही र नवलपरासीका सफल महिला उद्यमीका कथा समेटिएको ‘पौरखी पात्र’ पुस्तक प्रकाशनमा समेत उनको भूमिका रहेको छ ।

बौद्धमार्गी अमृता गुरुङले नैतिक शिक्षा (तावा शिक्षा) विस्तारमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेकी छिन् । हाल उनले आफ्नै जग्गा दान गरी निर्माण गरिएको बुताओ नैतिक तालिम केन्द्रमार्फत बौद्ध शिक्षा तथा व्यवहारिक सीपमूलक तालिम सञ्चालन गर्ने व्यवस्था मिलाएकी छिन् ।

जनप्रतिनिधि रहँदा न्यायिक समिति संयोजकका रूपमा उनले सुत्केरी शून्य अभियान, संविधान तथा कानुनी शिक्षा, स्वास्थ्य र पोषण सचेतना कार्यक्रम सफलतापूर्वक अघि बढाएकी थिइन् । हाल जनप्रतिनिधि नभए पनि सामाजिक सेवा, महिला आन्दोलन र उद्यमशीलतामा उनी निरन्तर सक्रिय छिन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्