Spread the love

बुटवल, १० माघ । क्षेत्री समाज नेपाल तिलोत्तमा–४ को दोस्रो साधारण सभा तथा अधिवेशन शनिबार तिलोत्तमामा सम्पन्न भएको छ । अधिवेशनबाट श्याम थापाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा शंकर कपुर जिसी, सचिवमा आरती थापा, सहसचिवमा शारदा कार्की र कोषाध्यक्षमा लक्ष्मी कार्की चयन भएका छन् । त्यस्तै सदस्यहरूमा सावित्रा खत्री, मिरा टण्डन, शान्ता विष्ट, सावित्री खत्री, पम्फा घिमिरे क्षेत्री, उदयबहादुर खत्री, कालिका क्षेत्री, गंगामाया अधिकारी क्षेत्री, जमुना क्षेत्री र सावित्रा महत सर्वसम्मत चयन भएका हुन् ।
कार्यक्रममा निवर्तमान अध्यक्ष जमुना खत्री, नगर सदस्य रामबहादुर अर्याल, क्षेत्री समाज नगर सचिव रिकबहादुर खत्री, शकर कपुर जिसी लगायतले बोल्दै समाजले समुदायमा खेलेको एकताको भूमिका र सामाजिक दायित्व, संस्कार, रीतिरिवाजको संरक्षण र समाजभित्र भाइचाराको भावना मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्