बुटवल, ११ माघ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनबाट लुम्बिनी प्रदेशबाट तीन जना सदस्य निर्वाचित भएका छन् । निर्वाचित हुनेमा नेपाली कांग्रेसकी रामकुमारी झाँक्री तथा कांग्रेसकै वासुदेव जंगली र चन्द्रबहादुर केसी रहेका छन् । पूर्व प्रतिनिधिसभा सदस्य झाँक्री २०७४ मा संघीय संसद् पुगेकी थिइन् भने २०७९ मा पराजित भएपछि यसपटक राष्ट्रिय सभामार्फत पुनः संसद् प्रवेश गरेकी हुन् । दाङका वासुदेव जंगली र गुल्मीका चन्द्रबहादुर केसी कांग्रेसका अनुभवी नेता मानिन्छन् । नवनिर्वाचित सदस्यहरूले लुम्बिनी प्रदेशका विकास, नीति र समसामयिक मुद्दा राष्ट्रिय सभामा प्रभावकारी रूपमा उठाउने अपेक्षा गरिएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनबाट सातै प्रदेशबाट विभिन्न पृष्ठभूमिका सदस्यहरू निर्वाचित भएका छन् ।
कोशी प्रदेशः
सुनिलबहादुर थापा (कांग्रेस) – निर्विरोध
रोशनी मेचे (एमाले)
सोम पोर्तेल (एमाले, दलित)
मधेश प्रदेशः
महन्थ ठाकुर (लोसपा)
धमेन्द्र पासवान (कांग्रेस)
रन्जित कर्ण (कांग्रेस)
रेखा झा (एमाले)
बागमती प्रदेशः
गीता देवकोटा (कांग्रेस)
डा. प्रेम दंगाल (एमाले)
गण्डकी प्रदेशः
जगत तिमिल्सिना (कांग्रेस)
सम्झना देवकोटा (एमाले)
लुम्बिनी प्रदेशः
रामकुमारी झाँक्री (कांग्रेस)
वासुदेव जंगली (कांग्रेस)
चन्द्रबहादुर केसी (कांग्रेस)
कर्णाली प्रदेशः
ललितजंग शाही (कांग्रेस)
मिना रखाल (एमाले)
सुदूरपश्चिम प्रदेशः
खम्मबहादुर खाती (कांग्रेस)
लीला भण्डारी (एमाले)
नवनिर्वाचित सदस्यहरूमा पूर्व सांसद, संविधानसभा सदस्य, प्राध्यापक, कानुनविद्, किसान र सीमान्तकृत समुदायका प्रतिनिधि समेटिएका छन् । यसले राष्ट्रिय सभामा अनुभव र समावेशी प्रतिनिधित्व सुदृढ हुने अपेक्षा गरिएको छ ।






















