बुटवल, १० माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल तरुण दल जिल्ला कार्यसमिति रूपन्देहीले क्षेत्रगत संयोजक तथा सह–संयोजकको जिम्मेबारी दिएको छ । नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारलाई रुख चिन्हमा मतदान गराई विजयी बनाउने उद्देश्यका साथ तरुण दललाई सक्रिय रूपमा परिचालन गर्न जिम्मेवारी बाँडफाँड गरिएको हो ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नवीन राज आचार्य संयोजक र मोहन जिसी सह–संयोजक तोकिएका छन् । क्षेत्र नम्बर २ मा हसन्त तामाङ संयोजक तथा सुजन पुन सह–संयोजक, क्षेत्र नम्बर ३ मा राजेश शाह संयोजक र दिनेश बुढापृथी सह–संयोजक चयन भएका छन् । त्यसैगरी क्षेत्र नम्बर ४ मा पवन सिंह संयोजक र रजत यादव सह–संयोजक तथा क्षेत्र नम्बर ५ मा मधु सापकोटा संयोजक र राजकुमार चौधरी सह–संयोजकको जिम्मेवारी दिइएको छ ।
तरुण दलले संगठनलाई थप सक्रिय, अनुशासित र परिणाममुखी बनाउँदै चुनावी अभियानमा केन्द्रित गराउने उद्देश्यसहित उक्त जिम्मेवारी तोकिएको जनाएको छ । यस अवसरमा नेपाल तरुण दलका का. अध्यक्ष प्रशन कोइरालाले तरुणहरूलाई एकताबद्ध भएर कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न आग्रह गर्दै आसन्न निर्वाचन लोकतन्त्र, समावेशी विकास र संविधानको रक्षा गर्ने महत्वपूर्ण अवसर भएको बताए । रूपन्देहीका सबै तरुण साथीहरू जिम्मेवारीका साथ चुनावी अभियानमा होमिनु आवश्यक रहेको उनको तर्क छ ।




















