Spread the love

बुटवल, ९ माघ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट रुपन्देही क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कार्भिका थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् ।

आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन पाएका थापाले संविधानको व्यवस्था अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा नहुँदा उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् । उनले अध्ययनका क्रममा लिएको स्थायी आवास अनुमति पत्र (पीआर) उम्मेदवारी दर्तापछि परित्याग गरे पनि संविधानको धारा २९१ अनुसार कार्ड परित्याग गरेको कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाउने व्यवस्था रहेको जानकारी पाएपछि उम्मेदवारी फिर्ता लिएको एक विज्ञप्ती मार्फत जानकारी दिईएको छ ।

थापाले आफूले आजको मितिसम्म कुनै पनि विदेशी नागरिकता वा सहनागरिकता नलिएको र नेपाली नागरिकता मात्र रहेको स्पष्ट पारेका छन् । पार्टीको अनुरोध तथा संविधानको मर्म र भावनाअनुसार ठूलो मन गरेर उम्मेदवारी फिर्ता लिएको उनको भनाइ छ ।
विगत १४ वर्ष विदेशमा शिक्षा तथा सीप अध्ययन गरी पछिल्ला ८ वर्षदेखि नेपालमै फर्किएर काम गर्दै आएका थापाले युवाहरू विदेशिन बाध्य नहोस् भन्ने उद्देश्यका साथ उम्मेदवारी दिएको उल्लेख गरेकी छिन् । उम्मेदवारी फिर्ता लिए पनि प्रविधि, उद्यमशीलता, युवा तथा महिला सशक्तीकरण र सुशासनका क्षेत्रमा निरन्तर सक्रिय रहने प्रतिबद्धता उनले जनाईन । यस क्रममा थापाले आफूलाई साथ, सहयोग र हौसला प्रदान गर्ने मतदाता, पार्टी नेतृत्व तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्