Spread the love

बुटवल, ९ माघ ।
एभरेस्ट इङ्लिस माध्यमिक विद्यालयमा श्रीपञ्चमी तथा सरस्वती पूजाको अवसरमा अक्षरारम्भ तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । गत शैक्षिकसत्रको परीक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी, उत्कृष्ट विषय शिक्षक तथा दीर्घसेवा पूरा गरेका शिक्षक–कर्मचारीलाई सम्मान कार्यक्रम गरेको हो ।

कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थी, बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडाअध्यक्ष यज्ञप्रसाद पंगेनी, प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका शाखा अधिकृत झविलाल विक, जिल्ला शिक्षा समन्वय इकाईका शाखा अधिकृत अमरबहादुर केसी, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालय सञ्चालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीले पुरस्कार तथा सम्मानबाट हौसला प्रदान हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाबाट ठूलो शैक्षिक जनशक्ति उत्पादन गरिरहेको उल्लेख गर्दै सरकार यस क्षेत्रप्रति अझ गम्भीर हुनुपर्ने धारणा राखे ।कार्यक्रममा शैक्षिक सत्र २०८१ मा कक्षा प्रथम, द्वितीय, तृतीय हुने तथा विभिन्न विधाका प्रवेश परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको हो । यसैगरी कक्षा १२ को बोर्ड, प्रवेशिका तथा आधारभूत तह परीक्षामा सहभागी भई ३.९ वा सोभन्दा माथि जिपिए हासिल गर्ने विद्यार्थी र विद्यालयमा १० तथा २० वर्ष सेवा अवधि पूरा गरेका शिक्षक–कर्मचारीलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको सह–प्राचार्य भिमसेन गौतमले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्