Spread the love

बुटवल, ८ माघ ।
रुपन्देहीमा सम्पन्न यु–१४ क्रिकेटको उपाधि न्यू होराईजन स्पोर्टस एकेडेमीले चुमेको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा विहिबार भएको फाईनलमा काशी नोबेल क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै न्यू होराईजन च्याम्पियन भएको हो ।
प्रतियोगितामा न्यू होराईजनका अब्राहम अलि प्लेयर अफ द सिरिजबाट पुरस्कृत भए । यसैगरि १३ बिकेट लिएका न्यू होराईजनकै रिजन बुढाथोकी उत्कृष्ट बलर तथा काशीका साजिद अलि उत्कृष्ट ब्याटरबाट पुरस्कृुत भए ।

कर्मडाडामा भएको फाईनल खेलमा टस जितेर न्यू होराईजनले ब्याटिङ्ग रोजेपछि काशीले २० ओभरमा सबै बिकेट गुमाएर केवल ९३ रन बनायो । काशीका सजिद अलिले ३७ बलमा ३८ र आयुष भण्डारीले ३० बलमा १४ रन जोडे । न्यू होराईजनका आरुष अधिकारीले ४ तथा शोहन अलि र रिजन बुढाथोकीले समान २–२ बिकेट लिए । मध्यम स्कोर पछ्याएको न्यू होराईजनले १४.१ ओभरमा लक्ष्य पुरा गर्यो । न्यू होराईजनका आशिष यादवले ४२ बलमा ३९ तथा आरुष अधिकारीले १८ बलमा २४ रनको योगदान दिए । काशीका सहजेद पठानले २ बिकेट लिए । खेलमा न्यू प्लेयर अफ दी म्यान आरुष अधिकारी पुरस्कृत भए ।

एक समारोहका बिच ओमसतिया गाउपालिकाका अध्यक्ष मंजित कुमार यादव, एकेडेमीका डाईरेक्टर अध्यक्ष कविता गौचन, ओमसतिया गापा वडा नं २ का वडा अध्यक्ष सितल जिटि, कुसान एशोसियसन अफ नेपालका अध्यक्ष तथा अन्तराष्ट्रिय एम्पायर समिर खान, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापा, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, तिलोत्तमा क्रिकेट एकेडेमीका अध्यक्ष अर्जुन पराजुली, पुर्व राष्ट्रिय खेलाडी तथा एम्पायर संजय गुरुङ, खुकुरी क्लबका सचिव नन्दन श्रेष्ठ, क्यानका पूर्वसचिव प्रशान्तबिक्रम मल्ल, एकेडेमीका प्रशिक्षक तथा पूर्व खेलाडी शक्ति गौचनले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

कार्यक्रममा ओमसतिया गाउपालिकाका अध्यक्ष मंजित कुमार यादवले रुपन्देही क्रिकेट खेलाडी उत्पादन गर्ने थलोका रुपमा परिचय बनाएको भन्दै पालिकाबाट खेल विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाए । खेलाडी उत्पादनको आधार ग्रासरुट भएको हुदा पनि यस्ता प्रतियोगिताको निरन्तरता जरुरी रहने उनले बताए । प्रतियोगितामा रुपन्देहीका ८ टिमबिच दुई समुहमा लिग आधारमा खेल खेलाईएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्