Spread the love

 

बुटवल , ९ माघ । तिलोत्तमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता अन्तर्गत वडानम्बर १६ को छनौट कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । शुभयात्रा नेपाल रुपन्देहीको आयोजनामा नगरभित्रका १७ वटै वडाका माध्यमिक तहका विद्यार्थीलाई समेट्दै “असल नेतृत्व” विषयमा प्रतिस्पर्धा गराउने उद्देश्यले कार्तिक २९ गते वडानम्बर १ बाट प्रारम्भिक प्रशिक्षणसहित छनौट कार्यक्रम सुरु गरिएको जिल्ला अध्यक्ष मुक्तिनाथ गैह्रेले जानकारी दिए ।
प्रतियोगितामा राममणि बहुमुखी क्याम्पसका प्रतिभा न्यौपाने प्रथम भई नगरस्तरीय अन्तिम प्रतियोगितामा प्रवेश गर्न सफल भएकी छन् । दोस्रो लिटिल स्टार ई.बो. स्कुलका सुबोध सुबेदी र तेस्रो समिप बस्याल भएको निर्णायक केशवराज पन्थले जानकारी दिए ।
प्रतियोगिताको अन्तिम चरण फागुन ७ गते सञ्चालन गरिने र छनौट चरण अन्तर्गत वडानम्बर १७ को कार्यक्रम वडा कार्यालयमा हुने गंगोलिया समितिका संयोजक धनपति अधिकारीले जानकारी दिए ।

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्