Spread the love

बुटवल, ९ माघ ।
बुटवलमा दोस्रो स्वर्णिम फुटसल प्रतियोगिता २०८२ शुरु भएको छ । फुटसल खेलप्रति युवाहरूको बढ्दो आकर्षणलाई मध्येनजर गर्दै स्वर्णिम फुटसल एरिनाको आयोजनामा दुई दिने प्रतियोगिता शुरु भएको हो । केटिएम कन्सल्टिङ्ग सहप्रयोजक, भिल्ला नरभिम, फयुल कफि बार, लिमा बेकरी, कुमारी बैक, सिटिजन बैकको सहकार्यमा भएको पहिलो दिनको खेलमा सिद्धार्थ क्लब, मोहन एफसी, खस्यौली एफसी, जनज्योती एफसी, तम्घास एफसी, होराईजन जिबिएस, टिम लिड ए र स्वर्णिम फुटसल अन्तिम आठमा स्थान बनाएको छ ।

शनिबार क्वाटरफाईनल खेलहरुमा सिद्धार्थ क्लबले मोहन एफसी, खस्यौली एफसीले जनज्योती एफसी, तम्घास एफसीले होराईजन जिबिएस तथा टिम लिड ए ले स्वर्णिम फुटसलको सामना गर्ने छ ।

एक समारोहका बिच रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले रेफ्रीलाई बल हस्तान्तरण गरि प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै युवाहरुमा फुटसलप्रतिको आर्कषण रहेको भन्दै युवा खेलाडी उत्पादन हुने गरि कार्यक्रम चलाउन जरुरी रहेको बताए ।

युवा खेलाडीहरूलाई प्रतिस्पर्धात्मक प्लेटफर्म प्रदान गर्ने उद्देश्यले प्रतियोगिता गरेको संयोजक प्रकाश पुनले बताए । प्रतियोगितामा विजेता टिमले नगद ३० हजार रुपैयाँ र उपविजेता टिमले नगद २० हजार रुपैयाँसहित ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक पुनले बताए । साथै प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कार गरिने उनले बताए ।

आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र वृहत रुपमा आयोजना गर्ने योजना रहेको उनले बताए । प्रतियोगितामा दुई दर्जन बढी टिमले भाग लिने अनुमान आयोजकको रहेको छ । जुना पुन, तुल्सा थापा, असिम राना, पुनम गुरुङ्ग, रोशनी गुरुङ्ग र पिङ्गी थापा लगायत खेलप्रेमीहरुको सहयोग रहेको उनले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्