Spread the love

बुटवल, १० माघ ।

रुपन्देही क्षेत्र नं. २ मा ०७४ कै परिणाम दोहोर्याउने गरि लाग्न नेकपा एमाले प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णु प्रसाद पौडेलले आग्रह गरेका छन । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्दै उनले परिवर्तन र समृद्धिको नायक हौ भन्ने भावनाका साथ पार्टी एक ढिक्का भएर जनताको माझ जानुपर्ने समेत बताए । अब रुपन्देहीमा भौतिक पूर्वाधार विकास मात्र नभई सामाजिक, मानवीय विकास, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना आफ्नो प्रमुख प्राथमिकता भएको उनले बताए ।

रुपन्देही २ मा एमालेको जित हुन्छ की हुदैन भन्ने कुरा छलफल गर्ने विषय नभएको समेत उनको दाबी गरे । ०७९ का आएको परिणामलाई जनताबाट जितकै रुपमा स्वीकारेको स्मरण गर्दै अब त्यो परिणाम नदोहरिने समेत बताए । ‘त्यस यता तिनाउ नदीमा धेरै पानी बगिसकेको छ ।’– उनले भने । एमालेको जित हुन्छ हुदैन भन्ने नभई कति मतान्तरले जित हुन्छ भन्ने कुरा अहिलेको छलफलको विषय भएको उनले दाबी गरे । देशभरकै १६५ निर्वाचन क्षेत्रमा यसरी नै प्रभावकारी प्रस्तुति रहने उनले बताए ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि एमाले नेता भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा ९०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा राजु गुरुङ चयन भएका छन् भने आर्थिक परिचालन समितिको संयोजकको जिम्मेवारी एजाज आलमलाई दिइएको छ ।

कार्यक्रममा समानुपातिकतर्फका उम्मेदवार एजाज आलमले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताए । सामाजिक सेवामार्फत जनतासँग जोडिएको अनुभव सुनाउँदै उनले रुपन्देहीको विकास र देशको समृद्धिका लागि एमाले नेतृत्वको सरकार अपरिहार्य रहेको दाबी गरे । उनले परिवार र पार्टी सदस्यलाई संगठित गर्न सके एमाले निर्वाचनमा सहजै विजयी हुने विश्वास व्यक्त गरे ।

निर्वाचन परिचालन समितिका संयोजक भोजप्रसाद श्रेष्ठले रुपन्देहीको सुकुम्बासी समस्या समाधान गर्न एमाले सधैं प्रतिबद्ध भएर लागेको स्मरण गराए । उनले जनताको सुख–दुःखमा एमाले सधैं साथमा रहेको भन्दै यस पटक पनि एमालेको पक्षमा मत दिन आग्रह गरे ।कार्यक्रमको अध्यक्षता गरेका क्षेत्रीय अध्यक्ष ऋषि पाण्डेले निर्वाचनमा सबै नेता–कार्यकर्तालाई एकढिक्का बनाएर परिचालन हुन आग्रह गर्दै पार्टीलाई विजयी गराउन संगठित रूपमा अभियानमा लाग्न निर्देशन दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्