बुटवल, २०८२ माघ– ८
पढाइको साथसाथै व्यवहारिक र प्रयोगात्मक शिक्षामा पनि उत्तिकै जोड दिँदै आइरहेको बुटवल– ३ चिडियाखोला, सहस्रपथ स्थित लुम्बिनी बोर्डिङ स्कुलमा खाना महोत्सव एवम् त्रैमासिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ ।यही २०८२ पुसमा सञ्चालित तेस्रो त्रैमासिक परीक्षाको नतिजा बुझ्नका लागि आफ्ना बाबुनानीहरूसहित उपस्थित भएका अभिभावकहरूले बाबुनानीहरूका शैक्षिक प्रगति, अनुशासन र विविध शैक्षिक गतिविधिका बारेमा शिक्षकसँग परामर्श गरेका थिए ।
यसै गरी नतिजा प्रकाशनकै अवसर पारेर कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुद्धारा खाना महोत्सवको आयोजना गरिएको थियो । उक्त खाना महोत्सवमा विद्यार्थीहरूले कर्नडग, विरयानी, छोइला, मोमो, चिकेन फ्राइ, सेलरोटी, नेवारी खाना सेट, पकौडा, चुकौनी जस्ता परिकारहरु आफैले पकाएर तयार पारेका थिए । सोही प्रयोगात्मक कार्यक्रममार्फत विद्यार्थीहरूले लगानी, व्यवस्थापन, तयारी, पाककला, बजारीकरण, क्रयविक्रय कला, नाफा नोक्सान लगायतका विषयमा व्यवहारिक ज्ञान हाँसिल गरेका थिए ।





















