Spread the love

बुटवल, ७ माघ ।
नहरपुरस्थित इडन इङ्लिस बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुमा सिर्जनशीलता तथा व्यावहारिक सीपलाई उजागर गर्ने उद्देश्यसहित ‘इडन खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम २०८२’ गरिएको हो ।
शैक्षिक नतिजा प्रकाशनसँगै खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नकुल शाही ठकुरीले बताए । कक्षाकोठामा सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्दै आयआर्जनसंज जोड्ने गरि अवसर प्रदान गर्न खाना महोत्सव आयोजना गरिएको उनले बताए ।

खाना महोत्सवमा कक्षा ११ र १२ का विद्यार्थीहरूले पाँच वटा स्टल सञ्चालन गरेका थिए । विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख कुशल बस्यालका अनुसार विद्यार्थीहरूले सेलरोटी, शेर्पा चिया, मम, पकौडा, बटुक, फुल्की, चाट, स्यान्डविचलगायत विविध परिकारहरू तयार गरी प्रस्तुत गरेका थिए । यसले विद्यार्थीहरूमा उद्यमशीलता, आत्मनिर्भरता र व्यवहारिक सीप विकासमा सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक शिवहरी भट्टराईले बताए ।

कार्यक्रममा गायक हेमन्त शर्मा, रवि रिमाल, गायिका सम्झना लामिछाने तथा डान्सर साजन गुरुङलगायत कलाकारहरूसंगै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले नृत्य, गायन, नाटकलगायत विविध सांस्कृतिक प्रस्तुति दिएका थिए । विद्यालयले सांस्कृतिक कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्