Spread the love

 

बुटवल, ७ माघ ।
लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६ औ चार्टर नाईट बुधबार सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच लायन्स डिष्ट्रिक ३२५ पि का डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले क्लब सचिवालयमा उदघाटन गर्दै विश्वमा लायनबादको उदयको बारेमा प्रकाश पारे । ‘हामी सेवा गर्छौ ।’ भन्ने नारासहित स्वस्थ्य, शिक्षाको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको उनले बताए । लायन्सको संस्थापकहरुले सयौ वर्षअघि देखेको सपना पुरा गर्न विश्वकै लायन्स क्लबहरुबाट धेरै मेहनत र निरन्तरता दिएको स्मरण समेत गरे ।
टियुमा लायन्सको अगुवाईमा ब्लड बैक स्थापना भएको स्मरण गर्दै बुटवलमा पनि ब्लड बैक स्थापना गर्ने काम, अटिजन क्षेत्रमा राम्रो बजेट बिनियोजन भएको उनले बताए ।कार्यक्रममा क्लबका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले ३९ जना संस्थापक सदस्य रहेको क्लबको स्थापना र हालसम्म गरेको सामाजिक गतिविधिबारे जानकारी दिए । कार्यक्रममा क्लबमार्फत प्रगति माबिलाई १ लाख १ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गरि रकम हस्तान्तरण गरिएको छ । यसैगरि बुटवलमा ब्लड बैक स्थापनाका अभियानलाई तिब्रता दिने, पाठेघरको मुखको क्यान्सर परिक्षण सचेतना कार्यक्रम चलाउने जस्ता काममा आफुहरु लागेको उनले बताए ।

कार्यक्रममा बुटवल हिलपार्क परिषदका अध्यक्ष टंक पराजुलीले सामाजिक हिसाबमा गरिने कार्य नै ब्यक्तिको पहिचान बन्ने भन्दै विगतमा संस्थापकहरुबाट गरिएको योगदानका कारण आज क्लब चिनिन लागेको बताए । सबैको सहयोग र सहकार्यबाट बुटवलको विकास गर्न सकिने तर्क दिदै उनले यसमा लाग्नुपर्ने समेत बताए ।कार्यक्रममा क्लबमा योगदान दिएका संस्थापक, पूर्वअध्यक्ष तथा मृत्युपरान्त परिवारलाई समेत सम्मान गरिएको थियो । सामाजिक कार्यमा सहकार्य गर्ने समुदायका विभिन्न संघसंस्थाहरुलाई समेत सम्मान गरेको क्लबका सचिव काशीराज ज्ञवालीले बताए ।

कार्यक्रममा फस्ट भिडिजि सन्दिप कशौधन, सेकेण्ड भिडिजि मिना पन्थी, एरिया ३ का एरियाचिफ कृष्णप्रसाद पाण्डे, लायन्स क्लब अफ तिलोत्तमा मायादेविका अध्यक्ष सिता श्रेष्ठ,क्लबका घ्दितिय उपाध्यक्ष बाबुराम शर्मा चापागाईले लायन्सबाट यस क्षेत्रमा सामाजिक कार्यमा भएको विविध क्षेत्रबारे जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्