बुटवल, ७ माघ ।
काठमाण्डौमा सम्पन्न नेपाल डेरी एसोसिएसनको २७ औँ साधारण सभा तथा ९ औँ राष्ट्रिय अधिवेशनबाट प्रल्हाद दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । बुधबार सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दीप प्रसाद धमला चयन गरेको छ ।
यसैगरि उपाध्यक्षमा मनोज कुमार यादव, कर्ण बहादुर हमाल, मनोज कुमार घिमिरे, योगेन्द्र चिमरिया, दयाराम भण्डारी र रामभक्त दाहाल चयन भएका छन् । यसैगरि महासचिवमा हेमचन्द्र खनाल, सचिवमा शिवहरी आचार्य, कोषाध्यक्षमा शिवलाल भुषाल, उप–महासचिवमा विजय प्रसाद चौरासिया, सह–सचिवमा रमेश सञ्जेल र सह–कोषाध्यक्षमा अशेष कुमार बुढाथोकी निर्वाचित भएका छन् ।
नव–निर्वाचित अध्यक्ष दाहालले दुग्ध उद्योगको प्रवद्र्धन, किसानको हकहित संरक्षण, गुणस्तरीय उत्पादन तथा बजार विस्तारमा जोड दिने प्रतिबद्धता जनाए । अधिवेशनबाट लुम्बिनी प्रदेशका कृष्ण प्रसाद भट्टराईसहित बागमती, कोशी, गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रतिनिधित्व रहने गरी २३ जना केन्द्रीय सदस्य चयन भएको निर्वाचन समिति संयोजक प्रल्हाद कुमार महतले बताए ।






















