बुटवल, ६ माघ ।
प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही क्षेत्र नं. २ मा ४१ उम्मेदवारको उम्मेदबारी परेको छ । देविनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा २१ दल र २० स्वतन्त्र गरी ४१ जनाले उम्मेदबारी दर्ता गराएका हुन ।
समय तालिका अनुसार मंगलबार बिहानैबाट निर्वाचन प्रक्रिया अन्तरगत दर्तामा विभिन्न दलहरु बाजागाजासहित उपस्थित भएका थिए । २१ दल र २० स्वतन्त्रका ३१ पुरुष तथा १० जना महिला गरि कुल ४१ जनाले उम्मेदबारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयको भनाई छ । शान्तिपूर्ण उम्मेदबारी दर्ता सम्पन्न भएको कार्यालयले जनाएको छ ।
नेकपा एमाले पार्टीको विष्णु प्रसाद पौडेल, नेपाली काग्रेस पार्टीका चुन्नुप्रसाद पौडेल, नेपाली कम्युनिस्ट पार्टीको सुवास पाण्डे बिश्वदीप, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार सुलभ खरेल, स्वतन्त्रका डा. निकोलस भुसालले समेत स्वतन्त्र उम्मेदवारी दिएका छन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उमेदवार कार्भिका थापा, स्वतन्त्र साझा अभियान नेपालका महेश पन्थि, नेसनल रिपब्लिक नेपाल पार्टीका थमनबहादुर बुढा, प्रलोपाका नारायण नागिला, समावेशी समाजवादी पार्टीका देवेन्द्रबहादुर खत्री, स्वतन्त्रकै लिला सिहं रानामात्र नभई ८१ बर्षिय बेल बहादुर कार्कीले समेत स्वतन्त्र उम्मेदवारी दिएका छन ।





















