Spread the love

बुटवल, ६ माघ ।
धार्मिक पर्यटक भित्रने बुद्ध जन्मस्थल लुम्बिनीमा सुचना केन्द्र स्थापना गरिएको छ । लुम्बिनी घुम्न आउने आन्तरिक र बाह्य पर्यटकलाई आवश्यक सुचना सहज रुपमा उपलब्ध हुने गरि ५ न. गेट नजिकै महिलवारमा पर्यटन सुचना केन्द्रको स्थापना गरिएको हो ।

लुम्बिनी सास्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड र लुम्बिनी होटल सघ लुम्बिनी नेपालको सहयोग र सहकार्यमा पर्यटन सुचना केन्द्र उदघाटन गर्दै लुम्बिनी सास्कृतिक नगरपालिकाका कार्यबाहक नगर प्रमुख कल्पना हरिजनले सूचना केन्द्रमार्फत लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्वका विषयमा जानकारी दिनुका साथै प्रमुख पर्यटकीय स्थलहरूको मार्गदर्शन, यात्रा सहजीकरण र अन्य आवश्यक सेवाहरू प्रदान गर्ने बताईन । पर्यटकको यात्रा अनुभवलाई थप सहज, सुरक्षित र स्मरणीय बनाउन समेत सहयोग मिल्ने भन्दै उनले स्थानिय पालिका पर्यटन प्रवद्र्धनको कार्यमा निरन्तर लाग्ने प्रतिवद्धता जनाईन ।

कार्यक्रम लुम्बिनी होटल सघ नेपालका अध्यक्ष लिलामणि शर्माले बुद्ध परिपथ भ्रमण गर्न उत्प्रेणा गर्ने, बुद्ध परिपथ भ्रमण गर्न सहयोग पुग्ने र पर्यटकको बसाई बढाउनेमा आशाबादी रहेको बताए ।

कार्यक्रममा लुम्बिनी सास्कृतिक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवाली, उपसचिव हरि प्रसाद ज्ञवाली, राजकिय बुद्ध विहार लुम्बिनीका भन्ते सागर धम्मा, महारानी मायादेवी बुद्ध बिहारका सस्थापक भन्ते विवेकानन्द, लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक ज्ञानीन राई, ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख होमनाथ रेग्मी, लुम्बिनी पर्यटन प्रहरी प्रमुख, सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवाका उपाध्यक्ष गोविन्द ज्ञवाली, लुम्बिनी होटल सघ नेपालका महासचिव टिका कट्टेलले लुम्बिनी विश्वकै उत्कृष्ट गन्त्ब्यका रुपमा विकास गर्न सबै सरोकारवालाहरुको सहयोग जरुरी रहने बताए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्