Spread the love

बुटवल, ६ माघ ।
शाओमीको रेड्मी नोट १५ सिरिज बुटवलमा सार्वजनिक गरिएको छ । समयको माग अनुसार अत्याधुनिक मजबुत बनावटमा तयार गरिएको, लामो समय टिक्ने ब्याट्री तथा धुलो र पानीबाट सुरक्षित रहने सुविधाहरुसहितको नया चार मोडेलहरु सार्वजनिक गरिएको हो ।
जसमा रेड्मी नोट १५ प्रो प्लस ५जी, रेड्मी नोट १५ प्रो ५ जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४जी रहेका छन । यो सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रो+ ५जीमा ६,५०० एमएएच सिलीकोन–कार्बोन (एसआईसी) ब्याट्री रहेको छ जसमा १०% एसआईसी सामग्री छ । यसमा १००वाट हाइपरचार्ज रहेको छ जसले करिब ४० मिनेटमै पूर्णचार्ज गर्छ । साथै २२.५वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ ।

बिनायक मल्टी सप्लायर्स र भैरव मोबाईल ग्यालरीको संयुक्त आयोजनामा लुम्बिनीका विभिन्न क्षेत्रका रिटेलरहरुको सहभागीतामा सार्वजनिक गरिएको टेलि डाईरेक्ट प्रालिका एरिया सेल्स म्यानेजर मोहित राजभण्डारीले बताए ।

रेड्मी नोट १५ प्रो+ ५जीको १२ जीबी+५१२ जीबी र ८ जीबी+२५६ जीबी को मूल्य रु. ६६,९९९ /५९,९९९ रहेको छ । त्यस्तै रेड्मी नोट १५ प्रो ५जीको १२ जीबी +५१२ जीबी र ८ जीबी+२५६ जीबीको मूल्य रु. ५६,९९९/४९,९९९ छ । साथै रेड्मी नोट १५ ५ जीको १२ जीबी+५१२ जीबी र ८ जीबी+२५६ जीबीको मूल्य रु. ४६,९९९/३९,९९९ छ भने रेड्मी नोट १५ ४ जीको ८ जीबी+२५६ जीबी र ६ जीबी+१२८ जीबी मूल्य रु. ३५,९९९/२९,९९९ रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्