बुटवल, ४ माघ ।
ऐतिहासिक–धार्मिक क्षेत्र गुल्मीको रुरुक्षेत्र गाउँपालिका–स्थित रिडीमा माघे सक्रान्ति मेलाको अवसरमा माघ १ गतेदेखि ३ गतेसम्म जिल्ला स्तरीय कृषि मेला प्रदर्शनी आयोजनामा गरिएको छ । गुल्मीको रुरुक्षेत्र गाउपालिकास्थिती रिडी खेलमैदानमा संचालन भएको जिल्लास्तरीय कृषि मेला प्रदर्शनी २०८२ मा विधागत रुपमा उत्कृष्ट ३९ जना किसानहरुलाई नगद, सम्मानपत्रबाट पुरस्कृत गरिएको हो ।
जसमा सुन्तला जाततर्फ छत्रकोटका देवीप्रसाद पन्थ प्रथम, रेसुङाका देविराम गौतम दोस्रो, छत्रकोटका विष्णु प्रसाद कंडेल तृतिय र मिना भुषाल सान्त्वना भए । मसलाबाली तथा औद्योगिक बालीतर्फ रुरुक्षेत्रका दिपक ज्ञवाली प्रथम, रुरुक्षेत्रका फणिन्द्र ज्ञवाली दोस्रो, लेखनाथ गौतम तेस्रो र छत्रदेवका उमानाथ भुषाल सान्त्वना भए ।
काउली समुहमा सत्यवती गाउपालिकाकी लक्षिमा पाण्डे प्रथम, सत्यवतीकै पावर्ती पाण्डे द्धितिय, गुल्मी दरबारका नबिन कुमार रजाली तृतिय र रुरुक्षेत्रका हिमाल पल्ली सान्त्वना भएका छन । जरे तथा कन्दमुल समुहमा सत्यवतीका जिवलाल कुवर प्रथम, छत्रकोटका सालिकराम पन्थ दोस्रो, रुरु क्षेत्रका महेन्द्र गौतम तृतिय र रुरुक्षेत्रकै कुल बहादुर घर्ती सान्त्वना भए ।
हरियो तथा फल तरकारी समुहमा छत्रकोटका सन्तोष पौडेल प्रथम, रुरुक्षेत्रका तिवारी कृषि फर्म दोस्रो, छत्रकोटका गोमा कुँवर तृतिय र रुरुक्षेत्रका अत्युतराज पन्थ सान्त्वना भए । लहरे तरकारीतर्फ सत्यवतीका थम्मन प्रसाद भण्डारी प्रथम, पदमराज भण्डार दोस्रो, निरन्जन थापा तृतिय र रुरुक्षेत्रका पार्वती ज्ञवाली सान्त्वना भए ।
खाद्यान्न तथा तेलबालीमा सत्यवतीका डिल्लीराम भट्टराई प्रथम, छत्रकोटका महेन्द्र पन्थ दोस्रो, सुन्तलादेवी पन्थ तृतिय र रुरुक्षेत्रका तेज नारायण भण्डारी सान्त्वना भए । अन्य फलफुलबाली तर्फ सत्यवतीका मेनका पाण्डे प्रथम, हिमलाल पाण्डे दोस्रो, छबिलाल पाण्डे तृतिय र छत्रकोटका सुमित्रा काफले सान्त्वना भए ।
अन्य विविध बाली समुहमा छत्रकोटका खुमानन्द बेल्बासे प्रथम, सत्यवतीका नबिन थापा दोस्रो, इश्माका नरहरी भण्डारी तेस्रो र रुरुक्षेत्रका मिना नेपाली सान्त्वना भए । यसैगरि पशुपन्क्षी समुहमा रुरुक्षेत्रका विष्णु प्रसाद न्यौपाने प्रथम, रुरुक्षेत्रकै दिपक नेपाली दोस्रो र छत्रकोटका विष्णुप्रसाद पन्त तृतिय भए ।
रुरुक्षेत्र गाउँपालिका, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई गुल्मी, कृषि ज्ञान केन्द्र गुल्मी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मी,घरेलु तथा साना उद्योग कार्यालय गुल्मी, सत्यवती, छत्रकोट र गुल्मी दरबार गाउँपालिकाको सहकार्यमा भएको कार्यक्रममा प्रथमलाई नगद ५ हजार, द्धितियलाई नगद ४ हजार, तृतियलाई ३ हजार र सान्त्वनालाई २ हजार रुपैया र प्रमाणपत्रबाट पुरस्कृत गरिएको रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदुनाथ ज्ञवालीले बताए ।
गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थलमा रहेको रिडीमा माघे सक्रान्तिको अवसरमा कालीगण्डकी नदीमा स्नान, हृषिकेश मन्दिरको दर्शन गर्ने भक्तजनमात्र नभई गाउगाउबाट मेला भर्न आउनेहरुको समेत भिड लागेको छ ।





















