बुटवल, ४ माघ ।
अध्ययनसँगै व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यका साथ बुटवलस्थित क्यानन सेकेण्डरी स्कुलमा एकदिने फुड फेस्टिबल तथा म्युजिक मेनिया आयोजना गरिएको छ । होटल म्यानेजमेन्ट अध्ययनरत कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
फुड फेस्टिबलमा विद्यार्थीहरुले योमरी, चिकन आइटम, ससेज फ्राई, मकटेल, कन्डक, चिकन चटपटे, मिक्स पकौडाका परिकारहरु आठ वटा स्टलहरुमा राखेका थिए । खानाका परिकारसंगै कलाकारहरुको प्रस्तुति, डिजे आयुस तथा अन्य सास्कृतिक कार्यक्रम गरिएको ब्यवस्थापन विषय संयोजक पवन बश्यालले बताए । विद्यालयमा ब्यवस्थापनतर्फ होटल ब्यवस्थापन (एचएम), फाईनान्स, कम्प्युटर तथा विज्ञानतर्फ मेडिकल र ईन्जिनियरिङ विषय पढाई हुदै आएको छ ।
कार्यक्रमको एक समारोहका बिच वेष्ट्रन मेघा कलेजका प्राचार्य किशु शर्मा पौडेलले उद्घाटन गर्दै होटल ब्यवस्थापन विषय अहिले सबैभन्दा बढी रुचाईएको बताए । युवाहरुलाई उदमशिलता, रचनात्मक र नेतृत्व विकास गर्न गुण होटल ब्यवस्थापन विषयमा रहने उनले बताए । संवेदशिल र महगो हुदा पनि यसो विषय अध्ययनसंगै ब्यवहारिक रुपमा खानालाई फरक ढंगबाट प्रस्तुत गर्ने, बजारीकरण गर्ने, समय ब्यवस्थापन गर्ने जस्ता सिकाई हुने उनले तर्क गरे । कक्षा ११ र १२ पढेपछि विदेश जाने सोच बदल्न पनि यो शिक्षा उदाहरण बन्नेमा आशाबादी रहेको उनले बताए ।
कार्यक्रममा स्कुलका अध्यक्ष थानेश्वर पौडेलले पछिल्लोसमय सुविधासम्पन्न होटलहरु खुल्ने लहर नै चल्दा यसमा दक्ष जनशक्तिको माग आईरहेको बताए । थोरै भएपनि यो मागलाई पुरा गर्न यहाका होटल म्यानेजमेन्ट अध्ययन गराउने विद्यालयहरु सफल रहेको उनले दाबी गरे । जिविकोपार्जनको सिप दिने विषय हो ।
कार्यक्रममा क्यानन प्राचार्य शंकर भण्डारीले पढाईसंगै ब्यवहारिक ज्ञान दिने गरि कक्षा ११ र १२ अध्ययन हुने हरेक विषयका कार्यक्रमहरु चलाईरहेको बताए । सैद्घान्तिक ज्ञानमात्र पर्याप्त नहुने हुदा सिकाईसंगै कमाईको अवधारणालाई जोड दिएको उनले बताए । स्वरोजगारको नया नया आईडियाहरुबाट थप प्रेरणा मिल्ने गरि काम अघि बढाईएको उनले बताए । आजका शिक्षक र विधार्थी भन्नेका प्रशिक्षक र प्रशिक्षार्थीका रुपमा समेत रहेको भन्दै यसै अनुसार सिकाई अभियानलाई सकुलबाट निरन्तरता दिदै आएको उनले बताए ।
होटल म्यानेजमेन्ट विषयमा अध्ययन गर्ने विद्यार्थीहरु लक्षित गरि राखिएको कार्यक्रमको संयोजन एचएमका शिक्षक संज्ञात श्रेष्ठ र विवेक केसी, १२ ईन्चार्ज रामु पाण्डेय, कक्षा ११ का सुनिल गुप्ताले गरेका थिए । कक्षा पिजि देखि १२ सम्मको नतिजा प्रकाशन समेत गरिएको छ । कक्षा ११ र १२ मा होटल ब्यवस्थापनका १३० जना तथा अन्य गरि ३०० विद्यार्थीहरु अध्ययनरत छन ।





















