बुटवल, ३ माघ ।
अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्वमा रुपन्देहीका दीर्घबहादुर केसी (कुमार) को नेतृत्वमा संस्थापन इतर पक्ष चुनावमा जाने भएको छ । राष्ट्रिय खेलकुद परिषदको निर्देशन र अदालतको अन्तरिम आदेश बिपरित एन्फा निर्वाचन अघि बढेपछि इतर पक्षले केसीलाई अघि सारेको हो ।
हाल एन्फाका केन्द्रीय उपाध्यक्षसमेत रहेका केसीले यसपटक अध्यक्षको पालो आफ्नो भएको दाबी गर्दै आएका छन् । एन्फाभित्र व्यक्तिगत रूपमा राम्रो भोट बैंक भएको मानिएका केसीलाई अघि सार्दै कर्माछिरिङ शेर्पा पक्षले निर्वाचनमा कडा चुनौती दिने रणनीति अपनाएको छ ।
निर्वाचन तालिका अनुसार शनिबार मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ । रुपन्देहीको फुटबल विकासमा दीर्घकालीन योगदान पु¥याएका केसीको उम्मेदवारीले एन्फा निर्वाचन थप रोचक बन्ने अपेक्षा गरिएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















