Spread the love

बुटवल, १ माघ ।
क्लबस्तरका युवा खेलाडीलाई प्लेटफर्म दिने गरि रुपन्देहीमा यु–१४ अन्तर एकेडेमी जिल्लास्तरीय क्रिकेट प्रतियोगिता शुरु भएको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा बुधबारदेखी यु–१४ अन्तर एकेडेमी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता २०८२ शुरु भएको हो । उद्घाटन खेलमा काशी नोबेलले बुटवल क्रिकेट एकेडेमीलाई ४५ रनले पराजित गरेको छ ।

कर्मडाडास्थित खेलमैदानमा टस जितेर ब्याटिङ रोजेको काशी नोबेलले निर्धारित २० ओभरमा ८ बिकेटको नोक्सानीमा १५९ रन बनायो । काशीका लागि सरिक अलिले ३० बलमा ५० तथा सजित अलिले ३० बलमा ४७ रन जोडे । बुटवलका अभिषेक रेग्मीले ३ तथा सुनिल भण्डारीले २ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको बुटवलका ब्याट्सम्यान सबै बिकेट गुमाएर केवल ११४ रनमा समेटियो । बुटवलका बिकास अर्यालले २४ तथा सिजन खड्काले २३ रनमा नटआउट रहे । कम स्कोरमा रोक्न काशीका शिव गुप्ताले २ तथा कबिन थापाले २ बिकेट लिए । खेलमा काशीका सरिक अलि प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको एक समारोहका बिच ओमसतियाका गाउपालिकाका अध्यक्ष मन्जित यादव, वडा नं. २ का वडाअध्यक्ष सितल जिटिले उद्घाटन गर्दै क्रिकेट खेलमा स्टार एकेडेमीको योगदानबारे चर्चा गर्दै खेल विकास पालिकाबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा पूर्व क्रिकेट खेलाडी अन्तिम थापा, सन्जय गुरुङ, दिपेन लामगादेले प्रतियोगिताको सफलताको शुभकामना दिए । प्रतियोगितामा वेष्ट्रन क्रिकेट क्लब, स्टार क्रिकेट एकेडेमी, तिलोत्तमा क्रिकेट एकेडेमी, देवदह क्रिकेट युनिट गरि रुपन्देहीका ८ क्लबका टिमहरुलाई दुई समुहमा विभाजन गरि लिग आधारमा खेल खेलाईएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्