Spread the love

बुटवल, १ माघ ।
बुटवलमा सम्पन्न दोस्रो मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८२ को उपाधि न्यु होराईजन क्लबले चुमेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, मिर्मिरे युवा क्लबको आयोजनामा विहिबार भएको फाईनलमा तमु ह्युल छोज धी युवा परिवारलाई २–० को सोझो सेटमा पराजित गर्दै न्यू होराईजनले उपाधि हात पारेको हो ।

उपाधिसंगै न्यू होराईजन नगद ५५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता तमु भने नगद ३५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगतामा तिनाउ पालिका तेस्रो हुदै नगद २० हजार, कप, मेडल, प्रमाणपत्र तथा मणिमुकुन्द भलिबल क्लब सान्त्वना हुदे नगद ७ हजार, प्रमाणपत्रबाट पुरस्कृत भएको क्लबका उपाध्यक्ष तथा खेल संयोजक टेकमान गुरुङ (हिता)ले बताए ।

यसैगरि विधागततर्फ न्यू होराईजनका बसन झेडी सर्वोत्कृष्ट खेलाडी, जगदिश ओझा उत्कृष्ट सेटर, असमन पुलामी उत्कृष्ट सर्भर, आयुस थापा उत्कृष्ट डिफेन्स, तमुका दिल प्रसाद गुरुङ उत्कृष्ट स्पाईक तथा विधान क्षेत्री उत्कृष्ट ब्लकर घोषित हुदै पुरस्कृत भए । बदेलपोखरी खेलमैदानमा विहिबार भएको फाईनलमा न्यू होराईजन क्लबले तमुमाथि २५–१६, २५–१३ को सोझो सेटमा जित निकालेको हो ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका वडा नं १३ का वडाअध्यक्ष नारायण पुन, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, नेपाल भलिबल संघका योग गुरुङ, जनप्रतिनिधि लाल बहादुर गुरुङ, क्लबका अध्यक्ष शेरजंग गुरुङ, क्लबका उपाध्यक्ष तथा संयोजक टेकमान गुरुङ (हिता) ले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्