बुटवल, ३० पुस ।
बुटवलमा जारी दोस्रो मेयर कप खुल्ला भलिबल प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब र तमु युवा छोंज धीं अन्तिम चारमा स्थान बनाएका छन । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा मिर्मिरे युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा पहिलो क्वाटरफाईनलमा मणिमुकुन्दले गोलपार्क स्पोर्टस क्लब तथा दोस्रो क्वाटरफाईनलमा तमु युवा छोंज धींले बाणगंगा भलिबल क्लबलाई पराजित गर्दै सेमीफाईनलमा स्थान बनाएका हुन ।
विहिबार दुई वटा क्वार्टरफाईनल खेलका साथै सेमीफाईनल र फाईनल खेलहरु हुने क्लबका अध्यक्ष शेरजंग गुरुङले बताए । पहिलो खेल तिनाउ गाउँपालिका र न्यु होराईजन स्पोर्टस् क्लब बि तथा दोस्रो खेल न्यु होराईजन स्पोर्टस क्लब ए र सत्यवती युवा क्लब बिच हुने उनले बताए ।
प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक टेकमान गुरुङ (हिता)ले बताए । यसैगरि तृतिय टिमले नगद २० हजार, कप, मेडल, प्रमाणपत्र तथा सान्त्वना टिमले नगद ७ हजार, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । विधागत रुपमा समेत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने छ । माघ १ गते समापन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।





















