Spread the love

बुटवल, ३० पुस ।
बुटवलमा माघ ५ गतेबाट आयोजना गरिने भनिएको सौभाग्य गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा सौभाग्य युवा क्लबले आयोजना गर्न लागेको दोस्रो शहिद प्रचण्ड थैव स्मृति सौभाग्य गोल्डकप फुटबल प्रतियोगिता अनिश्चित समयका लागि स्थगित भएको हो ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको निर्वाचन आचार संहिताका कारण खेल स्थगित भएको आयोजक क्लबका अध्यक्ष सुजु मल्लले बताए । ‘माघ ३ गतेदेखी निर्वाचन आचारसंहित लागू हुने हुदा प्रतियोगिता हाललाई स्थगन गर्नु परेको छ ।’– उनले भने । आचारसंहिताको अवधिमा खेलमैदान स्तरोन्न्तीको काम भने निरन्तर जारी राख्ने उनले बताए ।

प्रचारप्रसार संयोजक राजु रिजालले अन्तिम अवस्थामा प्रतियोगिता रोक्नुपरेको भन्दै थप ब्यवस्थित रुपमा गरिने बताए । एक महिनादेखी मैदान मर्मत र ब्यवस्थापनको काम भैरहेको उनले बताए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्