Spread the love

बुटवल, २४ पुस ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीमा सरकार लागेको छ । सरकारले निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ । प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन प्रहरीमा भर्ना खुलाइएको हो ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको छ । भर्नाका लागि यही पुस २५ गते शुक्रबारदेखि फागुन १ गतेसम्म दर्खास्त दिन सकिनेछ । बिदाको दिन पनि दर्खास्त लिइने सूचनामा उल्लेख छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्