Spread the love

बुटवल,२४ पुस । बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जमा माघी महोत्सव हुने भएको छ । माघे सङ्क्रान्ति अर्थात थारु सम्बत २६४९ औँ माघी (खिचडी)को अवसरमा थारु कल्याणकारिणी सभा बुटवल नगर समितिको आयोजनामा पौष २६ गते शनिबारदेखि २ दिनसम्म सञ्चालन हुने छ ।

बुटवलको रानीगञ्जस्थित स्थानीय गौरव युवा क्लबको खेलमैदानमा हुने माघी महोत्सव तथा वृहत साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष कृष्णबहादुर चौधरीले जानकारी दिए । महोत्सवमा थारु परम्पराका करिब एक दर्जन फूडस्टल सहित महिलाहरु बीच ढकिया दौड, पुरुषहरुका बीच धोती दौड, कुर्सी दौड, रस्साकस्सी लगायतका मनोरञ्जनात्मक खेल गतिविधि सञ्चालन गरिने थारु समाज बुटवलका अध्यक्ष ओमप्रकाश चौधरीले जानकारी दिए ।

थारु समुदायको पहिचान, परम्परा र सँस्कृति बारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्य सहित आयोजना गर्न लागिएको कार्यक्रममा चर्चित थारु कलाकार मोडल तथा गायिका अन्जु कुश्मी, डान्सर सजिना चौधरी लगायतको प्रस्तुती रहनुका साथै स्थानीय थारु समुदायमा रहेको चर्चित मयुर नाच, झुम्रा नाच तथा झर्रा नाच प्रस्तुत गरिने अध्यक्ष थारुले जानकारी दिए । पहिलो दिन खेलकूद गतिविधि र दोस्रो दिन वृहत साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने बताउँदै उनले थारु परिकार ढिकरी, घोँगी, माछा, पतुसिनी लगायतको स्वाद समेत लिन सकिने बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्