बुटवल, २१ पुस ।
बुटवल सुनचादी ब्यवसायी संघ रुपन्देहीको छैटौ साधारण सभाको अवसरमा सुनचादी ब्यवसायी संघ युवा समहद्धारा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि मनोभव एफसीले चुमेको छ । लुम्बिनी फुटसल एरिनामा सोमबार भएको फाईनलमा तिलोत्तमा सुनचादी ब्यवसायी संघलाई ३–१ गोल अन्तरले पराजित गर्दै मनोभव एफसीले उपाधि चुमेको हो ।
उपाधिसंगै मनोभवले नगद २२ हजार २ सय २२, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता तिलोत्तमा भने नगद ११ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । मनोभवको जितमा सुजन विक, सुजल बराल, सागर कामिले गोल गरे । तिलोत्तमाका अशोक सुनारले सान्त्वना गोल गरे ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं ५ का वडाअध्यक्ष हरि प्रसाद श्रेष्ठ, संघका केन्द्रिय सदस्य दिपक विश्वकर्मा, रुपन्देहीका अध्यक्ष गकुल विश्वकर्मा, सचिव चुडामणि बिक, खेलकुद पत्रका मंचका अध्यक्ष सुमन अधिकारीले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । प्रतियोगितामा संघमा आवद्ध विभिन्न एक दर्जन टिमले भाग लिएका थिए ।




















