बुटवल,२० पुस । नेपालले महिला ट्वान्टी–२० विश्वकप छनोटका लागि आइतबार १५ सदस्यीय टोलीको घोषणा गरेको छ । इन्दु बर्माको कप्तानीमा नेपालले महिला ट्वान्टी–२० विश्वकप छनोट गरेको हो । नेपालले आयोजना गर्न लागेको ट्विान्टी–२० विश्वकप छनोट जनवरी १४ देखि फेब्रुअरी ३ सम्म काठमाडौंमा हुनेछ ।
इन्दुको कप्तानीमा रहने नेपालको टोलीमा पुजा महतो (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनीषा उपाध्याय रहेका छन् । नेपालले जनवरी १४ मा आयरल्यान्डसँग तल्लो मूलपानी र जनवरी १६ मा अमेरिकासँग कीर्तिपुरमा अभ्यास खेल खेल्ने छ ।
समूह ‘बी’मा रहेको नेपालले त्यसपछि जनवरी १८ मा थाइल्यान्डसँग, जनवरी २२ मा नेदरल्यान्ड्ससँग, जनवरी २४ मा जिम्बावेसँग तथा जनवरी २६ मा स्कटल्यान्डसँग प्रतियोगिताको खेल्ने छ । समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्यु गिनी र अमेरिका रहेका छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर र मूलपानीको तल्लो मैदानमा प्रतियोगिताका खेलहरु हुनेछन् ।






















