Spread the love

बुटवल, २० पुस ।
दुर्घटना न्यूनिकरणका लागि सडकमै पुगेर सवारी साधनको चेकजाँचसँगै अनुगमन र ट्राफिक जनचेतना कार्यक्रम बुटवलमा भएको छ । पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.को संयोजनमा ट्राफिक प्रहरी र बिभिन्न संघसंगठनको सहभागितामा दुर्घटना न्यूनिकरणका लागि सडकमै पुगेर सवारी साधनको चेकजाँचसँगै अनुगमन र ट्राफिक जनचेतना कार्यक्रम संचालन गरिएको हो ।
सवारी साधनहरुको कागजपत्र चेकजाँच गर्ने, साधनको यान्त्रिक अवस्थाका बारेमा जानकारी लिने तथा चालक, सहचालक र यात्रुहरुलाई ट्राफिक शिक्षा प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.का संचालक तथा दुर्घटना न्यूनिकरण अभियानका संयोजक नारायण घिमिरेले बताए । सवारी साधनको कन्डिशन, सार्वजनिक यातायात क्षेत्रका चालक र सहचालकले गर्नुपर्ने आचार, ब्यबहार तथा यात्राका क्रममा यात्रुहरुले ध्यान दिनुपर्ने कुराहरुका बारेमा जानकारी गराइएको संयोजक घिमिरेले बताए ।
सोहि कार्यक्रममा दुर्घटना न्यूनिकरणका लागि सवारी चालक, सहचालक, बसका यात्रुहरु र पैदल यात्रुहरुले समेत ध्यान दिनुपर्ने कुराहरुका बारेमा जानकारी दिएको नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय बुटवलका प्रहरी निरिक्षक रुद्रनाथ गिरीले बताए । यस्ता सचेतनामुलक कार्यक्रमले चिसो मौसम, शितलहर, बाक्लो हुस्सुका कारण हुनसक्ने दुर्घटना न्यूनिकरणमा सघाउ पुग्ने निरिक्षक गिरीले बिश्वास ब्यक्त गरे ।
चिसो, हुस्सु र कहिरो बढेसँगै पछिल्लो समय पश्चिम नेपाल बस प्रा.लि.ले संभावित दुर्घटना हुने क्षेत्रमा सवारी ब्यबस्थापन, तथा दुर्घटना न्यूनिकरणका लागि स्थलगत अनुगमनलाई तिब्रता दिएको छ । बुटवलदेखि बर्दघाट, त्रिबेणी, परासी, महेशपुर, भैरहवा, सुनौली, लुम्बिनी, चन्द्रौटा, कृष्णनगर रुटमा सडकमै पुगेर सवारी साधनको चेकजाँचसँगै अनुगमन र ट्राफिक जनचेतना प्रदान गरिएको प्रा.लि.ले जनाएको छ । यसैबिच बुटवलबाट बर्दघाट, त्रिबेणी, महेशपुर, परासी, चल्ने बसहरुमा डाईलोसिसका बिरामीहरुलाई निशुल्कः आरक्षण सिट (बि—२) नम्बर निर्धारण गरिएको बस संचालक रामु भट्टराईले जानकारी गराए ।

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्