Spread the love

बुटवल, १४ पुस । ऊर्जामन्त्री कुलमान घिसिङलाई रास्वपामा दोस्रो वरीयतासहित उपसभापति पद दिएर रबि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र शाह सहितको त्रिपक्षीय सहमति भएको छ । सोमबार साँझ आगामी निर्वाचनमा रवि लामिछाने, बालेन र कुलमान घिसिङ एक भएर अघि बढ्ने सहमति भएको हो ।

मेयर बालेन्द्रले कुलमानसँगको सहमतिपछि फेसबुकमा ‘म नेपाल हाँसेको हेर्न चाहन्छु ।’ स्टाटस राखेका छन् । बालेनले केही समयअघि ‘म हाँसेको हेर्न चाहन्छु’ नामक गीत युट्युबबाट रिलिज भएको थियो । उक्त गीत १० वर्षअघि नै रिलिज भए पनि पुनः रिभाइज गरेर ’लाज शरणम’ फिल्मका लागि बनाइएको थियो ।

सहमतिको बुँदा नम्बर ४ मा भनिएको छ, ’राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापति कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने छ ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्