बुटवल, १४ पुस । यस वर्ष गुरुङ समुदायले सर्प वर्गको बिदाइ तथा घोडा वर्गको स्वागत गर्दै परम्परागत पर्व तमू ल्होसार हर्षोल्लासका साथ मनाउदै छन् । तमू जातिको नयाँ वर्षका रूपमा मनाइने ल्होसार गुरुङ समुदायको प्रमुख सांस्कृतिक पर्व हो ।

ल्होसारका अवसरमा गुरुङ समुदायले आफ्ना घरआँगन सरसफाइ गर्ने, विशेष परिकार तयार गर्ने, परम्परागत भेषभूषा तथा नृत्य–सांस्कृतिक कार्यक्रममार्फत आपसी सद्भाव र एकताको सन्देश फैलाउने गरेका छन् ।
सोमबार ल्होसारको पूर्वसन्ध्यामा बुटवलमा सास्कृतिक पहिचानका झाकीसहित निकालिएको रयालीमा धेरै सहभागी भएका थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















