Spread the love

बुटवल, १४ पुस । १३ औँ संस्करणको फर्साटिकर कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । शुद्धोदन गाउँपालिकाको मुख्य प्रायोजन तथा फर्साटिकर युवा क्लबको आयोजनामा मंगलबार देखी शुरु हुने प्रतियोगिताको मैदान मर्मत, टिम दर्ता लगायतका सबै तयारी पुरा भएको हो ।

प्रतियोगितामा रुपन्देही जिल्लाका ८ र अन्य जिल्लाका ४ गरी कुल १२ टिमको सहभागिता रहने क्लबका अध्यक्ष अमृत खड्काले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद ३ लाख ११ हजार १ सय ११रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक रवि खड्काले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ रुपैयाँ, सर्वाधिक गोलकर्तालाई १० हजार ५ सय, उत्कृष्ट गोलरक्षकलाई १९ हजार ५ सय, उदयमान खेलाडीलाई ५ हजार ५ सय तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब २२ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । पुस १५ गतेदेखि माघ २६ गतेसम्म सञ्चालन हुने छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्